आजदेखि शुभ लक्ष्मी कोषको इकाई विक्रीमा

  • श्रावण १९, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । प्राथमिक बजारमा साउन १९ गते (आज) देखि खुलामुखी सामूहिक लगानीकोष योजनाको इकाई विक्रीमा आएको छ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले शुभ लक्ष्मी कोष (खुलामुखी) योजना सञ्चालनका लागि इकाई विक्री गर्न लागेको हो ।

प्रति इकाई रू. १० अंकित दरको ५ करोड इकाई क्यापिटलले विक्री गर्न लागेको हो । कुल इकाईमध्ये ७५ लाख इकाई कोष प्रबद्र्धक लक्ष्मी बैंक लिमिटेडका लागि सुरक्षित गरिएको छ । बाँकी ४ करोड २५ लाख इकाई मध्ये प्रथम चरणमा सर्वसाधारणमा १ करोड ७५ लाख इकाई सार्वजनिक निष्कासनमा आएको हो ।

छिटोमा साउन २३ गतेसम्म सार्वजनिक निष्कासनमा रहने यो इकाई सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ २ गतेसम्म सार्वजनिक निष्कासनमै रहने क्यापिटलको भनाई छ । यी इकाई खरीदका लागि आवेदन दिन चाहने आवेदकहरूले न्यूनतम १०० कित्तादेखि अधिकतम ५० लाख इकाई सम्म माग गर्न सकिने व्यवस्था छ ।

यी इकाई विक्रीको जिम्मेवारी समेत योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलेनै पुरा गर्नेछ । खरीदकर्ताहरूले विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूसँगै मेरो शेयर वेवसाइट र एप मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको अधिकृत पूँजी ५० करोड रहेको छ भने जारी पूँजी रू। ३० करोड रहेको छ । हाल क्यापिटलको चुक्ता पूँजी भने रू। २७ करोड रहेको छ । योजनाले कमाएको खुद मुनाफाको अनुपातमा इकाईको अंकित मूल्यका आधारमा मुनाफा वितरण गरिने क्यापिटलको भनाई छ । खुद मुनाफामध्ये आवश्यकता अनुसार सञ्चित मुनाफा पुनः लगानी गरिने जानकारी समेत क्यापिटलले दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved