डुडुवा गाउँपालिकाले आर्थिक वर्ष सकिदासम्म पनि २०७९/ ८० को वजेट ल्याउन सकेन

  • श्रावण २३, २०७९
  • कालापानी मिडिया
alt

बाँके । बाके जिल्लामा रहेको डुडुवा गाउपालिकाले आर्थिक वर्ष सकिदासम्म पनि २०७९/ ८० को वजेट ल्याउन सकेको छैन । डुडुवा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष अल्पमतमा परेका कारण निती तथा कार्यक्रम पारित गर्न नसकेको हो ।नेपाली काङ्ग्रेसले अध्यक्ष र उपाध्यक्ष र केही वडामा सदस्य मात्र जितेको छ भने अन्य वडामा जसपा र नेकपा एमालेले जितेका छन ।

डुडुवा गाउपालिकाको १२औ गाउसभामा गणपुरक संख्या नपुगेर स्थागित भएको छ । गाउँपालिका अध्यक्षद्धारा आवहान गरिएको १२औ गाउसभा बैठकमा नेकमा एमाले र जनता समाजबादी पार्टीबाट निर्वाचि बहुमत सदस्यहरु ९२६ जना० अनुपस्थित भएकाले १२ औं गाउसभाको प्रथम बैठक स्थगित भएको छ । जनताका हितमा काम गर्ने भन्दै जनताको हितविपरित कुनै पनि निर्णय नगर्ने गाउँपालिका प्रमुखले बताएका छन । कानून विपरित कुनै पनि निर्णय तथा कार्य नगर्ने भन्दै विपक्षी दलका पदाधिकारीहरु विभिन्न बखेडा झिकेर विवाद गरेको समेत बताएका छन । साथै आफु जनता सग बाहेक अरु कसैसग नझुक्ने समेत बताएका छन ।

पाँच वर्ष पहिला प्रमुखको बहुमत भएकोले आफुले ऐन बनाएको र आफनो एजेन्डा कार्यपालिकामा लैजान नमिल्ने बताएका छन । साथै पालिकाको कानुन सन्सोधन गर्नुपर्ने र उडामा सिलिङ् पठाउनु पर्ने अन्यथा सहमती हुन नसक्ने बताएका छन । साथै गाउपालिका प्रमुखकै कारण गाउसभा बस्न नसकेको समेत आरोप लगाएका छन । साथै विगत ५ वषमा प्रमखुले धेरै कानुनहरु बनाएको र पालिकालाई बन्धक बनाउने गरी स्थानिय कानुन बनाएको समेत आरोप लगाएका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved