तनहुँ प्रशासनमा राहदानी लिनेको भिड

  • श्रावण २३, २०७९
  • कालापानी मिडिया
alt

तनहुँ । तनहुँको जिल्ला प्रशासन कार्यलयमा राहदानी ९पासपोर्ट को लागि सेवाग्राहीको भिड लागेको छ । दैनिक पाँच सय भन्दा बढिको संख्यामा सेवाग्राहीको भिड बढ्न थालेपछि प्रशासनले केही दिनलाई राहदानी फर्म नैं बन्द गरेको छ । फर्म बन्दले नयाँ सेवाग्राही यत्तिकै फर्कन परेको छ भने पुरानो टोकन लिने लाई पनि दुई तीन दिन लागेको छ ।
पहिले त सेवाग्राही हरू फर्म भरेर टोकन लिंदा जुन दिनलाई डेट मिल्छ त्यहि दिनमा आएर काम सकि फर्कन्थ्ये , तर अहिले प्रशासनको त्रुटिले भिड बढेर शास्ति भएको छ । यहि त्रुटी छल्न र भिड कम गराउन प्रशासनले ५ दिनदेखि बन्द गरेको फर्म अहिले भएको कोटा सकेपछि मात्रै खोल्ने बताएको छ । प्रशासन कार्यलयका जानकारहरू भन्छन् तनहुँमा एक दिनमा राहदानी नपाएर फर्केको यश अगाडि जानकारी थिएन ।

प्रशासनले भने दिनमा एक सय जनालाई खोल्ने गरेको कोटा सिस्टम बिग्रेर चार सय लाई खुल्दा भिडभाड बढेको बताएको छ । जिल्ला प्रशासन कार्यलय तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैर्हेका अनुसार एक सय कोटा खोल्नपर्नेमा प्राबिधिक कारणले चार सय को कोटा खुल्न गई टोकन दिँदा ब्यबस्थापनमा असहज भएको बताए । सेवाग्राहीले भने प्रशासनले दिने सेवामा सुधार ल्याउनु पर्ने बताएका छन् । चर्को घाममा घण्टौ लाइन लागेका घिरिङ गाउँपालिका वडा नं ४ उम्से बेलस्वाराका युवा भिमबहादुर रानाभाटले राहदानी बनाउन आउँदा सास्ती खेप्नुपरेको बताए । एक्लै छु, घण्टौ लाईन बस्नपर्दा पिसाब फेर्न जान पाएको छैन , लाइन छोडेर जाउँ लाइन हराउँछ भन्ने डर , त्यसैले लाइन छोडेको छैन रानाभाटले भने ।

IMG20220808110843

उनले जिल्ला प्रशासन कार्यालयमा नेपाल बैंक लिमिटेडले एउटा काउन्टर राख्न अनिवार्य देखिएको समेत बताए । हामी बैंक खोज्दै बजार बजार दकुर्नुपरेको छ , यहीँ काउन्टर खोल्ने तिर प्रशासनले ध्यान दिनुपर्दछ । राहदानी बनाउनकै लागि लामो लाइनमा बसेकि शुक्लागण्डकि नगरपालिका वडा नं ८ कि सम्झना गौतमले राहदानी बनाउन आउदा दुख पाएको बताइन् । बिहान ८ बजेदेखि लाइनमा बस्दानि पालो आछैन उनले भनिन् ।
प्रशासनमा राहदानी लिन आउनेको भिडले नेपाल बैंक लिमिटेडमा पनि भिड बढेको छ । राहदानीको रकम जम्मा गर्न बैंक जानुपर्ने भएकोले सेवाग्राहीहरूको बैंकमा भिड बढेको हो । स्वदेशमा रोजगारिको अवसर पाउन नसक्दा बैदेशिक रोजगारिको लागि बिदेशीनेको संख्या बढेसँँगै जिल्लामा राहदानी लिनेको संख्या बढेको हो । यस्तै स्टुडेन्ट भिसामा जाने प्लस टु पास गरेका बिद्यार्थीपनि राहदानी बनाउनेमा पर्दछन् । तनहुँमा आ व ०७८ र ०७९ मा ६ हजार ६ सय १९ जनाले राहदानी पासपोर्ट बनाएको जिल्ला प्रशासन कार्यलय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved