सरकारी मूल्याङ्कनमा कति छ असन, दरबारमार्ग र न्यूरोडको जग्गाको भाऊ ?

  • श्रावण २३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । चक्रपथभित्र खाली जग्गा पाउन मुस्किल छ । बढ्दो सहरीकरणका कारण खाली जग्गासमेत क्रमशः भरिँदै गएको छ । मुख्य सहरको रुपमा चित्रित नयाँ सडक, दरबारमार्ग, बानेश्वरलगायतका स्थानमा जग्गा भेटिनै मुस्किल छ ।

उता मालपोत कार्यालयहरुले भने ती स्थानको पनि जग्गाको न्यूनतम मूल्याङ्कन गर्ने गरेका छन् । भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले चालु आवका लागि मुख्य सहरी क्षेत्र भित्रका जग्गाको न्यूनतम मूल्याङ्कनको विवरण सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यकाभित्र नौ वटा मालपोत कार्यालय छन् । तीमध्ये छ वटा मालपोत कार्यालय काठमाडौं जिल्लामा नै छन् । तीमध्ये सहरी क्षेत्र भित्र कार्यक्षेत्र रहेको मालपोतमा डिल्लीबजार मालपोत कायालय पर्छ । नयाँ आर्थिक वर्ष सुरु हुने वित्तिकै हरेक मालपोत कार्यालयले आआफ्नो कार्यक्षेत्रभित्रका जग्गाको न्यूनतम मूल्याङ्कनसम्बन्धी विवरण सार्वजनिक गर्छन् ।

मालपोत ऐन, २०३४ अनुसार डिल्लीबजारको कार्यक्षेत्रमा रजिष्टे«शन हुने लिखतमा थैली अङ्क कायम गर्ने प्रयोजनका लागि जग्गाको न्यूनतम मूल्याङ्कन समितिले न्यूनतम मूल्याङ्कन गरेको हो । सरकारी निकायबाट भएको मूल्याङ्कनभन्दा बजारमा कारोबार भने दशौँ गुणा बढीमा हुने गरेको छ ।

सहरी क्षेत्रभित्र सबैभन्दा महँगो जग्गा भने नयाँ सडक, ठमेल, दरबारमार्ग, रत्नपार्क, पुरानो बसपार्क, जमललगायतका क्षेत्रको जग्गा रहेको छ । मालपोत कार्यालयले तय गरेको मूल्याङ्कनअनुसार हनुमानढोका पूर्व नयाँ सडक, पुरानो नगरपालिका भवनको दक्षिणचोकबाट जुद्धशम्सेर सालिक हुँदै इन्द्रचोकसम्म नयाँ सडक पिपलबोटदेखि दक्षिण आरबी कम्प्लेक्स चोक हुँदै पीश्चम पुरानो नगरपालिका भवन चोकसम्म, नयाँ सडक खिचापोखरी, धरहरासम्मको मूल सडकमा जोडिएका जग्गाको प्रतिआना मूल्याङ्कन मात्रै रु ६६ लाख बराबर तोकिएको छ ।

यस्तै केशरमहल प्रवेशद्धारदेखि पश्चिम ठमेल मूलचोक हुँदै क्षेत्रपाटी चोकसम्मको मूलबाटोमा जोडिएका जग्गा, हनुमानढोका जिल्ला प्रहरी कार्यालय पूर्व सुरज आर्केड, इन्द्रचोक, असन हुँदै भोटाहिटी चोकसम्म, असन चोकदेखि जमल, राष्ट्रिय नाचघरसम्म र सोदेखि पूर्वविश्वज्योति हल हुँदै तीनधारा पाठशालासम्म मूलबाटो जोडिएका महेन्द्र सालिकदेखि काठमाडौं प्लाजासम्म मूल सडकको दायाँबायाँ क्षेत्रका जग्गाको सरकारी मूल्यांकन पनि प्रतिआना रु ६६ लाख बराबर नै तोकिएको छ ।

माइतीघर–सिंहदरबार पीश्चम गेट–पुतलीसडक कृष्ण पाउरोटी हात्तिसार, जयनेपाल कान्तिपथ, जमल दरबारमार्ग र घण्टाभरदेखि कमलादीमोड सम्मका मूलसडकसँग जोडिएका जग्गाको दायाँबायाँको पनि प्रतिआना रु ६६ लाख रहने गरी प्रस्तावित गरिएको छ ।

जमल रानीपोखरी, वीर अस्पताल, नेपाल वायु सेवा निगम गोश्वारा हुलाक त्रिपुरेश्वरसम्मको मूल सडकसँग जोडिएका जग्गाको दायाँबायाँको पनि प्रतिआना रु ६६ लाख नै न्यूनतम मूल्याङ्कन तोकिएको छ ।

रत्नपार्क पुरानो बसपार्क सहिदगेट हुँदै सुनधारा चोकसम्म, सिंहदरबार पीश्चमगेट हुँदै भद्रकालीसम्मका मूलबाटोमा जोडिएका जग्गाको दायाँबायाँ पनि प्रतिआना रु ६६ लाख नै न्यूनतम मूल्याङ्कन हुने गरी निर्धारण गरिएको छ । चःमती जग्गा एकीकरण आयोजनाको मूल सडकसँग जोडिएका जग्गाको नयूनतम मूल्याङ्कन प्रतिआना रु २८ लाख ६० हजार, नयाँ बजार नगरविकास आयोजनाका जग्गाको प्रतिआना रु २६ लाख ४० हजार बराबर तोकिएको छ । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved