भारतमा एकै दिन १६ हजार भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि, ४१ जनाको मृत्यु

  • श्रावण २४, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । भारतमा एकै दिन १६ हजार भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा कोरोना संक्रमणबाट गत २४ घण्टामा ४१ जनाको मृत्यु भएको भारतको स्वास्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोना सुरु भएदेखि हालसम्म ५ लाख २६ हजार ७ सय ३० मानिसको मृत्यु भइसकेको छ ।

भारतमा सोमबार १५ हजार ५ सय ४९ जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन् । यसैसँगै कुल ४ करोड ३४ लाख ९९ हजार ६ सय ५९ जना मानिस कोरोना मुक्त भएका छन् ।

भारतको स्वास्य मन्त्रालयले दिएको जानकारी अनुसार दैनिक १६ हजारको दरले कोरोना संक्रमित थपिने गरेको जनाएको छ। भारतको राजधानी नयाँ दिल्ली, राजस्थान र केरेलामा कोरोना संक्रमण दर तीब्र रुपमा बढेको छ ।

भारतमा हाल कुल कोरोना सक्रमितको संख्या ४ करोड ४१ लाख ६१ हजार ८ सय ९९ पुगेको छ । भारतमा दैनिक संक्रमितको संख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले संक्रमित अवस्थामै रहेका मानिसको संख्या १ लाख ३६ हजार ५ सय १० जना रहेको छ ।

भारतमा संक्रमित हुने भन्दा पनि संक्रमणमुक्त हुने मानिसको संख्या बढी रहेको भारतको स्वास्य मन्त्रालयले जनाएको छ ।भारतमा कोरोना संक्रमण दर उकालो लाग्ने क्रम तीब्र रुपमा बढेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved