कञ्चनपुर विमानस्थल स्तरवृद्धिको काम ठप्प

  • श्रावण २६, २०७९
  • कालापानी मिडिया
alt

कञ्चनपुर । कञ्चनपुरको मझगाउँ विमानस्थल निर्माणको काम ठप्प भएको छ। २० वर्षदेखि बन्द रहेर गौचरनमा परिणत भएको विमानस्थल विस्तारका लागि कान्छाराम कुमार उमा एण्ड कम्पनीसँग ४५ करोड ६६ लाख ७ सय १५ रूपैयाँमा ठेक्का सम्झौता गरिएको छ। तीन वर्षमा काम पूरा गर्ने गरि निर्माण कम्पनीले काम थालेकोमा बर्खासँगै अहिले त्यहाँ काम बन्द भएको हो।

विमानस्थलमा माटो भरान तथा अपग्रेडको काम बन्द भएको छ। एक हजार मिटर लम्बाई रहरेको धावनमार्ग पहिलो चरणमा एक हजार ५ सय २५ मिटरमा बिस्तार गर्ने प्राधिकरणको योजना छ। ६६ बिघा क्षेत्रमा फैलिएको विमास्थलका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको खेल मैदान रहेको क्षेत्रको जमिन आवश्यक पर्नेछ। तर उक्त क्षेत्रको भोगाधिकार विमानस्थल कार्यालयले पाएको छैन।

निर्माण कम्पनीले माथिल्लो तहको खुकुलो माटो, झाडी र बुट्यान सफा गर्ने काम गरेको छ। धावन मार्गमा ग्राभेल तथा सब–बेसका लागि आवश्यक निर्माण सामग्री पनि थुपारेको छ। तर बर्खापछि विमानस्थलमा कुनै काम नभएको नेपाल नागरिक उड्यन प्राधिकरणका इन्जिनियर तथा आयोजना प्रमुख मीनराज ओझाले बताए।

एक हजार मिटर लम्बाई रहरेको विमानस्थलको धावनमार्ग पहिलो चरणमा एक हजार ५ सय २५ मिटर बनाइने छ। दोस्रो चरणमा तीन सय मिटर धावनमार्गको लम्बाई थपिने नेपाल नागरिक उड्यन प्राधिकरणले बताएको छ।

६६ बिघा क्षेत्रमा फैलिएको विमास्थलका लागि शुक्लाफँटा राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको खेल मैदान रहेको क्षेत्रको जमिन आवश्यक पर्नेछ। राष्ट्रिय निकुञ्जको प्रति जग्गा हो भने नेपाली सेनाको नाममा रहेको जग्गाको भोगाधिकार भने विमानस्थल कार्यालयले पाएको छैन। संघीय मन्त्रिपरिषले जग्गाको भोगाधिकारका लागि निर्णय नगरेको नेपाल नागरिक उड्यन प्राधिकरणका इन्जिनियर तथा आयोजना प्रमुख ओझाले बताए।

मझगाउँ विमानस्थल निर्माणमा संघीय पर्यटन मन्त्रालयको ५० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको २५ प्रतिशत, भीमदत्त नगरपालिकाको १५ र दोधाराचाँदनी नगरपालिकाको १० गरी ४५ करोड ६६ लाख ७१५ रूपैयाँ जम्मा गरिएको थियो। विस २०३० सालमा सञ्चालनमा आएको मजगाउँ विमानस्थल द्वन्द्वका बेला सुरक्षाको कारण देखाउँदै बन्द गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved