तीन जिल्लालाई जोड्ने तीनमुखे पुल उद्धघाटनको प्रतिक्षामा

  • भदौ १, २०७९
  • कालापानी मिडिया
alt

डिबी खड्का,
गुल्मी । शिलान्यस गरिएको झण्डै आठ वर्ष पछि तीन जिल्लालाई जोड्ने तीनमुख झोलुङ्गे पुल उद्धघाटनको प्रतिक्षामा रहेको छ । गुल्मी ,पाल्पा र स्यांजालाई जोड्ने कालीगण्डकी नदीमा निमार्ण सम्पन्न पुलले तीन जिल्लाको भुगोल संगै मन पनि जोडेको छ भने पर्यटन प्रर्वद्धनमा समेत महत्वपुर्ण ढोका खुलेको छ ।

तत्कालिन नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेल र संमिधान सभा सदस्य चन्द्र भण्डारीले शिलान्यस गरेको तीनमुखे झोलुंगे पुल अन्ततः झण्डै आठ वर्ष पछि निमार्ण सम्पन्न भएको छ ।

२०७१ मंसिर २१ गते तीन जिल्लालाई जोड्ने उक्त पुलको शिलान्यस पौडेल र भण्डारीले संयुक्त रुपमा गरेका थिए । नौ करोड ८८ लाख लागतमा सम्पन्न भएको यस तीनमुखे झोलुगे पुलले गुल्मी ,पाल्पा र स्यांजा जिल्लाका नागरीकलाई खुसी दिएको छ भने पर्यटन प्रर्वद्धनमा समेत टेवा पुराएको छ ।

झोलुगें पुल निमार्ण भए संगै मेलापात गर्ने देखी बजारमा किनमेल गर्ने र विद्यार्थीलाई समेत फाईदा पुराएको छ । तीनमुखे झोलुङ्गे पुलले गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ रिडी, पाल्पाको तानसेन नगरपालिका वडा नम्बर १४ अर्गली र स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ चण्डीभञ्ज्याङ जोडेको छ ।

2

एसियाकै नमुना भनिएको यस पुलको बनावट पनि निकै चाखलाग्दो रहेको छ । कालीगण्डकी नदीको बीचमा ९ मिटर रनिङ गोलाई भएको स्तम्भ निर्माण गरिएको छ । पुलमा २५ मिटर उचाईको भ्युटावर, बीचमा निर्माण भएको स्तम्भबाट तीन जिल्लासम्म पुग्न तीनै तर्फ १ सय ७७ मिटर लामो झोलुङ्गे पुलको निर्माण भएको छ । नमुना पुल भएकै कारण धेरै टाढा बाट समेत मानिसहरु पुल हेर्नको लागी मात्रै भएपनि आउने गर्दछन् ।

1

पाल्पा चारधाम मध्येको एक धाम रिडीको विकासको लागी यस झोलुगें पुल कोशे ढुगां सावित हुन सक्दछ । पुलाई थप आक्रषित बनाउनु पर्ने स्थानीयको माग समेत रहेको छ । तिनै जिल्लाका तीन वटै स्थानीय तह संगको समन्वयमा पुलको उद्धघाटन गरिने र केन्द्र सरकारले पुलको स्वामित्व हस्तान्तण गरे पुलमै कफि सप चलाउने योजना रुरु गाउँपालिकाको रहेको छ ।

झेलुगें पुल निमार्ण भए संगै तीनै जिल्लाको जिवनयापनमा सहजता त ल्याएकै छ भने पर्यटक भित्राउन पनि सफल भएको छ ।

3

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved