१२ वर्ष अघि माधव नेपालले बागमती नदीमा शिलान्यास गरेको पुल अझै बनेन, वारपार गर्न स्थानियलाई सास्ति

  • भदौ १, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । रौतहटको वडहर्वा स्थित बागमती नदीमा १२ वर्षदेखि पुलको निर्माण कार्य हुन नसक्दा स्थानीयबासी मारमा परेका छन् ।

रौतहटको दुर्गाभगवती गाउँपलिका वडा नम्बर ५ वडहर्वास्थित वागमती नदीमा १२ वर्षसम्म पनि पुल निर्माण हुन नसक्दा नदी वारपार गर्न स्थानीयहरु मारमा परेका हुन् । बागमती नदीमा स्थानीयहरु वारपार गर्न सहज हुने भन्दै माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेलामा पुल शिलान्यास भएको थियो । तर पूर्वप्रधानमन्त्री नेपालले पुल शिलान्यास गरेको १२ वर्ष भइसक्दा पनि पुल निर्माण हुन सकेको छैन ।

पुल बन्ने ठूलो आशा बोकेका बागमती पारीका वडहर्वावासीले आफ्नै गाउँपालिका तथा वडा कार्यालय आउनसमेत दिनभर लाग्ने गरेको छ । पुल समयमा नै निर्माण सम्पन्न नहुँदा वागमती पारी बसोबास गर्ने करिब ४ सय भन्दा बढी घरधुरीका स्थानीय जोखिम मोलेर काठको डुंगामा यात्रा गर्न बाध्य छन् ।

स्थानीयहरु दैनिक तथा प्रशासनिक कामको लागि र जिल्लाका विभिन्न स्थानहरुमा जानको लागि डुंगाकै भर पर्नुपर्ने अवस्था रहेको उनीहरुको गुनासो छ । स्थानीयबासी बिरामी हुँदासमेत डुंगामार्फत नदी पार गरेर उपचार गर्न जानुपर्ने अवस्था रहेको छ ।

स्थानीय बालकेश्वरी देवीले नदीमा बाढी आएमा नदी पारी जानसमेत नसक्ने बताए । उनले आफ्नो खेतबारीमा काम गर्न जान समेत एकदिन लाग्ने गरेको गुनासो गरे। त्यस्तै, स्थानीय सुरेन्द्र पासवानले वडा कार्यालयमा सामान्य सिफारिसको लागि जाँदा एकदिन छुट्याएर जानुपर्ने बाध्यता रहेको बताए।

बागमती नदी पारी रौतहटको वतसपुर, बडहर्वा, राजदेवी, गौर लगायत स्थानका मानिसहरु डुंगा चढेरै खेतबारीमा काम गर्न जाने गरेका छन् । बागमती पारीका स्थानियलाई वारी आउन दुईवटा डुंगाको यात्रा गर्नुपर्छ । वर्षा याममा बागमती नदीमा बाढी आउँदा स्थानियहरुको आवत जावत नै ठप्प हुने गरेको छडुंगा चालक रामबाबु रजक बताउछन्। डुंगा चढ्न सर्वसाधरणले एकपटकको ५० रुपैयाँ लाग्ने उहाँले बताए। उनले नदीमा बाढी आउँदा दिनमा एकपटक मात्रै डुंगा चल्ने गरेको बताए।

यता हुलाकी राजमार्ग निर्देशनालयका प्रमुख दारोगाप्रसाद साहले भने ठेकेदार कम्पनीको समय अवधि डेढ वर्ष रहेको बताए । डेढ वर्षको अवधिमा बागमती नदीको पुल अन्य किसिमका बाधा नभए निर्माण सम्पन्न हुने उनको भनाई छ ।

बागमती नदीमा वि.सं २०६७ साल जेठमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालद्वारा पक्की पुलको शिलान्यास भएको थियो । प्रधानमन्त्रीबाट पक्की पुल निर्माणको लागि शिलान्यास भएसँगै ज्यानको जोखिम राखेर यात्रा गर्न बाध्य वडहर्वावासी खुशी भएका थिए । तर शिलान्यास भएको १२ वर्षसम्म पनि पुल बन्न नसक्दा स्थानीयहरु रुष्ट भएका छन् ।

बागमती नदीको उक्त पुल निमार्ण सम्पन्न भएमा रौतहट र सर्लाहीका बासिन्दा समेत प्रत्यक्ष लाभावन्वित हुन्छन् । बागमती नदी पुलको ठेक्का लुम्बिनी बिल्डर्स प्रा।लि। सिद्धार्थनगरले ३५ करोड ८९ लाख ९ हजार ४ सय ३३ रुपैयाँमा पाएको थियो । ठेक्का लुम्बिनिले पाएपनि निर्माणको काम पप्पु कन्सन्ट्रक्सनले थालेको थियोे । पप्पु कन्ट्रक्सनले सडक विभागसँग २०६७ जेठ ३१ गते २०७० जेठ ३० गते पुलको निर्माण काम सम्पन्न गर्ने सम्झौता गरेको थियो ।

१७ स्पान सहितका सो पुलको लम्बाई ६३३ मिटर र चौडाई दुई लेनको छ । स्पान निर्माणको काम सकिएपनि बाँकी काम भने शुरु भएको ९ वर्षभन्दा बढी भइसकेको छ । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, पर्साले लुम्बिनी बिल्डर्ससँग ठेक्का रद्ध गरेपछि पुनः आह्वान गरेको ठेक्का माहालक्ष्मी विकास वाइपी जेभी जनकपुरले २०७९ वैशाख ११ गते सम्झौता गरी २०८१ कार्तिक १० गते निमार्ण सम्पन्न गर्नेगरी ५७ करोड ४० लाख ७७ हजार ५०१ रुपैयाँमा सम्झौता गरेको छ । कार्यालयले नयाँ ठेक्का लगाएपनि काम भने शुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved