कञ्चनपुर क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उमेदवारी दिने तयारीमा हेमबिक्रम थापा

  • भदौ १, २०७९
  • कालापानी मिडिया
alt

कञ्चनपुर । कञ्चनपुर क्षेत्र नम्बर ३ बाट उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा शिवधाम क्षेत्र विकास समितिका अध्यक्ष हेम बिक्रम थापाले स्वतन्त्र उमेदवारी दिने तयारी थालेका छन् ।

थापाले कञ्चनपुरका नेताहरुले आस्वासन बाट्ने तर पूर्ण नगर्ने भएपछि आफ्नो ठाउँको विकास गर्न स्वच्छ छवी भएको व्यक्तिको आवस्यक्ता रहेको औल्याउदै आफुले उमेदवारी दिने बताएका हुन् । उनले कालापानी मिडिया संग कुरा गर्दै भने, म कुनै राजनीतिक दलबाट होइन स्वतन्त्र उमेदवारी दिन्छु र जितेर आफ्नो ठाउँको विकास गर्छु, । हाल सम्म जति पनि दलका नेताहरु आए सबैलाई साथ सहयोग गरियो तर, भोट माग्दा ताका गरिएका बाँचाहरु पूरा त के गर्थे बोल्नपनि हिच्किचाउछन्, उनले भने ।

आफ्नो जिवन नै समाजसेवा अर्पित गरेका थापा कट्टर राजाबादी हुन् । धर्म कर्ममै व्यस्त देखिने थापाले कञ्चनपुरमा गौसाला संचालन देखी शिबधामको अध्यक्ष भएर हिन्दुधर्म रक्षा हेतु विभिन्न यज्ञ लगाउदै आएका छन् । आफुलाई विभिन्न राजनीतिक दलहरुले पार्टीबाट उमेदवार दिनुस वा हामीलाई सघाउनुस नभनेका होइनन् तर, दलमा आवद्ध हुन मन छैन, र आफ्ना शुभ चिन्तकहरुलाई यो मन पर्दैन, उनले भने ।,

सबैको भलो चिताउने थापाको हरेक माध्यमबाट समाज सेवा गर्दै आएको भएपनि अब भने राजनीतिको माध्यमबाट आफ्नो गाउँ ठाउँ र देशको सेवा गरेर आगामी जिवन विताउने चाहना छ ।

धार्मीक कार्यक्रम होस वा कुनै दीन दुखीलाई सहयोग गर्न रुचाउने हक्कि स्वाभावका थापाले कञ्चनपुरमा आफ्ना विस्वासपात्रहरु बनाएको त्यहाँका स्थानियहरुको भनाई छ । आफ्नो पराया नभनी जो कसैलाई पनि सहयोग गर्ने उनको स्वभाव रहेको भन्दै, थापाले उमेदवारी दिएमा हिन्दुबादी, राजावादी र नव युवाहरुको समेत मत पाउने स्थानीय बताउँछन् ।

हुनपनि आगमी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिनेहरुको संख्यामा बृद्धि भइरहेको छ । राजनीतिक दलहरुप्रतिको वितृष्णा र झुटा आस्वासनका कारण आजित भएका जनताले दलका जनप्रतिनीधिलाई नपत्याने भएपछि यतिवेला स्वतन्त्र व्यक्तिमै विस्वास गर्न थालका छन् । जसको फलस्वरुप स्वतन्त्र उमेदवार केहीले स्थानिय निर्वाचन जिति सकेका छन् भने केहीले आगामी निर्वाचनको तयारीमामा छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved