पशु स्वास्थ्य विधेयकका त्रुटी सच्याउन माग गर्दै नेपाल भेटनरी एशोसिएसनद्वारा आन्दोलनको घोषणा

  • भदौ २, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाल भेटनरी एशोसिएसनले गत साउन ३१ गते संसदले पारित गरेको पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयकमा भएका त्रुटीहरु संसोधन गरेर मात्र अघि बढाउन माग गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर एसोसियशनले उठाएका जायज मागहरुको नजरअन्दान गरी उक्त विधेयक प्रतिनिधि सभाबाट पारित गरिएको भन्दै त्यसको विरोधमा कार्यक्रम सार्वजनिक गरेको हो । एशोसिएसनले कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवले आफुहरुले उठाएका मागहरुको नजरअन्दाज गरी संसदमा उक्त विधेयक पेश गरेको आरोप लगाएको छ ।

त्यसको विरोधमा आगामी भदौ १ गतेदेखि ५ गतेसम्म कार्यक्रमहरु सार्वजनिक गर्दै सम्ुपर्ण सदस्यहरुलाई कार्यक्रममा सहभागिता जनाउन एसोसिएशनले आग्रह गरेको छ । विरोधस्वरुप भदौ १ गते कार्यस्थलमा कालोपट्टि बाँधेर विरोध जनाउने, भाद्र २ गते पेन डाउन, कामकाज बन्द गर्ने, त्यस्तै, भाद्र ३, ४ र ५ गते काठमाडौ केन्द्रित मेला, अत्यावश्यकका वाहेक उपचार सेवा बन्द गर्ने, प्रदेश समितिले तोकेको मितिमा प्रदेश भेला, भेटेरिनरी शिक्षा सञ्चालन हुने विश्वविद्यालय, कलेज, सिटिइभिटी र शिक्षा विभाग अन्तगतका स्कुलहरुमा अनिश्चितकालिन रुपमा अध्ययन अध्यापन बन्द गर्ने र अनिश्चितकालिन रुपमा पशुपन्छी स्वास्थ्य प्रमाणपत्र जारी नगर्ने जस्ता कार्यक्रम एसोसिएशनले सार्वजनिक गरेको छ ।

नेपाल भेटनरी एशोसिएसनका कार्यवाहक अध्यक्ष प्रा.डा.कृष्णभक्त काफ्लेले आफुहरुले उठाएका मागहरुको नजरअन्दाज गरी पेलेर संसदमा उक्त विधेयक पेश गरेर पारित गरेको भन्दै आपक्ति जनाए । उनले भने,‘एशोसिएसनले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएका बैठकमा केही विषयमा लिखित असहमति जाहेर गर्दागर्दै पनि हाम्रो कुरा नसुनी पेलेरै विधेयक पारित गराइयो । यसमा हाम्रो आपत्ति छ ।’ विधेयकमा भएका कमजोरीलाई राष्ट्रिय सभाबाट सच्चाएर एसोसिएशनले उठाएका जायज मागहरु सम्बोधन गर्न उनले जोडदार माग गरे ।

उनले जुन असहमतिका विषय कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिमा पठाइने भनिए पनि उक्त समितिले समेत आफुहरुले उठाएका न्युनतम जायज मागहरुलाई वेवास्ता गरेको गुनासो पोखे । गत साउन २२ मा प्रतिनिधि सभामा उक्त विधेयक पेश भएको थियो । उनले पशु स्वास्थ्य पशुसँगमात्र नभई मानिससँग पनि जोडिएको बताए । मासिसँग पनि जोडिएको उल्लेख गर्दै यसले विभिन्न प्रकोप, रोगब्याधी ल्याउन सक्ने उनको भनाई थियो । काफ्लेले राष्ट्रिय सभाका सदस्यहरुले आफुहरुको माग राम्रोसँग मनन गर्नेमा विश्वस्त रहेको सुनाए । माग सम्बोधन नभए पशु चिकित्सकले गर्दै गरेका कामहरुमा क्रमबद्धरुपमा असहयोग गर्न वाध्य हुनेसमेत उनले चेतावनी दिए ।

कार्यक्रममा नेपाल भेटेनरी एसोसियशनका पुर्व उपाध्यक्ष श्रीराम अधिकारी, नेपाल भेटेनरी काउन्सिलका पुर्व अध्यक्ष डा.सीताराम अर्याल, स्वयमप्रकाश श्रेष्ठ, डा.वंशी शर्मालगायतले आफ्नो भनाई राखेका थिए ।
यस्तो छ एसोसिएशनले जारी गरेको प्रेश विज्ञप्ती

np v 1

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved