बालिका अपहरणको आरोपमा प्रहरी जवानसहित दुई जना पक्राउ

  • भदौ ३, २०७९
  • कालापानी मिडिया
alt

बागलुङ । बालिका अपहरणको आरोपमा प्रहरी जवानसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ।

धादिङ घर भई बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखा बस्दै आएकी सपना थापाकी ६ वर्षीया छोरी सुहाना तामाङलाई अपहरण गर्ने खोजेको आरोपमा प्रहरी जवान शंकर आचार्य र जैमिनी नगरपालिका वडा नम्बर ७ की ३६ वर्षीया भगवती क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बागलुङ नगरपालिका वडा नम्बर २ हल्लनचोकमा बालिकालाई गाडीमा राखेर उनका बुवा पसलमा गएको बेला प्रहरी जवान आचार्य र ति महिलाले बालिकालाई बुद्ध विहार तिर लैजाँदै गरेका थिए। स्थानीयले र प्रहरीले उनीहरुलाई रोकेका थिए। दुबै जना मदिराले लठ्एिका थिए। उनीहरुसँगै अर्का एक प्रहरी जवान समेत सँगै थिए।

अपहरण आरोपमा प्रहरी नियन्त्रणमा रहेका आचार्य र केसीले बालिका भएको स्थानमा पुगेका स्थानीयलाई तथानाम गाली गरेको प्रत्यक्षदर्शी रुद्र महतले बताए। बालिकाकी आमा सपना थापाले प्रहरीबाटै नागरिक सुरक्षित नभएको बताइन्। उनले आफू कार्यालयमै रहेको र श्रीमान तरकारी लिन गएको समयमा प्रहरी र महिला मिलेर आफ्नो छोरी अपहरण गर्न खोजेको बताइन्। स्थानीयले नभेटको भए आफ्नो छोरीलाई जे पनि हुन सक्ने भन्दै कडा कारबाहीको माग गरिन्।

प्रहरीले ति दुई जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेपछि स्थानीयहरुको ठूलो संख्या त्यहाँ उपस्थित भएका थिए। उनीहरुले दुबै जनालाई कडा कारबाहीको माग गरेका छन्। जिल्ला प्रहरी कार्यालयमा पुगेकी एक महिलालाई त्यहाँका अर्का एक मदिरा सेवन गरेका जवानले अभद्र व्यवहार गरेका थिए। उनले महिलालाई अभद्र व्यवहार गरेपछि जिल्ला प्रहरी कार्यालय अगाडि एक छिन् तनाब सिर्जना भएको थियो।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्रबहादुर रानाले अपहरण होइन भन्ने विषयमा अनुसन्धान सुरु भएको र मदिरा सेवन गरेका प्रहरी जवानलाई समेत कारबाही गर्ने बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved