मानव तस्करीको आरोपमा लोसपाका नेता भारतीय प्रहरीको नियन्त्रणमा

  • भदौ ५, २०७९
  • कालापानी मिडिया
alt

धनुषा । मानव तस्करीको आरोपमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेतासहित दुई जनालाई नेपाल–भारत सीमा नाकाबाट भारतीय प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ बस्ने लोसपा नेपालका नेता अमर पंजियार र परिचय खुल्न नसकेका अर्का एकजना रहेको भारतीय सिमा सुरक्षा बलले जनाएको छ ।

उनीहरुलाई भारत–नेपाल सीमामा तैनाथ रहेको ४८ औं बटालियन जयनगर एसएसबी बोर्डर अन्तर्गत पिपरौन क्याम्पका जवानहरूले सीमा क्षेत्रबाट पक्राउ गरेको जनाइएको छ । बा २१ च ७१२८ नम्बरको गाडीमा ८ वर्षीया एक बालिकालाई भारतबाट नेपालतर्फ ल्याइरहेको अवस्थामा शुक्रबार राति उनीहरुलाई भारतीय एसएसबीका जवानले नियन्त्रणमा लिएको जनाइएको छ । शंकाको आधारमा चेकजाँच गर्दा उनीहरु पक्राउ परेका हुन् । नाबालिकालाई भने हरलाखी थानास्थित भारतीय प्रहरीको जिम्मा लगाइएको छ ।

उनीहरुले ती बालिकालाई काम लगाउन भारतको विहारस्थित मधुवनी जिल्लाको बाँसोपट्टी गाउँबाट आफ्नो घर लगिरहेको चाइल्ड लाइन सब सेन्टर जयनगरकी सबिता देवीले जानकारी दिइन् । घटनाबारे थप अनुसन्धान सुरु गरिसकिएको प्रहरीले जनाएको छ ।
श्रोत लेखाजोखा न्युज

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved