बलात्कार मुद्दामा पल शाहलाई सफाइ, बाल यौन दुरुपयोग मुद्दामा साढे २ वर्षको कैद र २५ हजार रुपैयाँ जरिबाना

  • भदौ २२, २०७९
  • कालापानी मिडिया
alt

नवलपुर । जिल्ला अदालत नवलपुरले बलात्कार मुद्दामा अभिनेता पूर्णविक्रम शाह ९पल० लाई सफाइ दिएको छ ।

मङ्गलवार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको हो । शाहलाई बाल यौन दुरुपयोगको मुद्दामा भने साढे दुई वर्षको कैद र २५ हजार रुपैयाँ जरिबाना सुनाएको जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए ।

यस्तै अदालतले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको क्षेत्रीले जानकारी दिए । अदालतले पीडित बालिकाका अभिभावकलाई पूर्ण संरक्षणमा राख्न र यस्ता विषयमा गोपनीयता कायम गरेर समाचार सम्प्रेषण गर्न पनि सचेत गराएको छ ।

गत चैत ४ गते शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा बलात्कार मुद्दा दायर भएको थियो । पीडितको बाबुले दायर गरेको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । त्यही मुद्दामा अदालतको फैसला आएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved