कांग्रेस, एमाले र माओवादीले सिन्डिकेट लादेः रवि लामिछाने

  • असार २४, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदलाई प्रमुख तीन राजनीतिक दलहरुले आफ्नो सिन्डिकेट बनाउन खोजेको आरोप लगाएका छन् ।


संघीय संसद भवनमा सभापति लामिछानेले संसदलाई काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरुले आफ्नो सिन्डिकेट बनाउन खोजेको बताएका हुन् ।

उनले दलहरुले पटक–पटक यस्तो गरेको भन्दै अब आफूहरुले नसहने भन्दै आपसमा सल्लाह नगरी जुनकुनै मुद्दा संसदमा लिएर आउन आग्रह गरे ।

उनले भनेका छन्, ‘सदन तीन नेताको होइन । सदन प्रतिपक्षको हो अझ बढी । सार्वभौम जनताले चुनेर पठाएका जनप्रतिनिधिले जनताका कयौँ सवालमा कुराकानी गर्नुपर्नेछ । उहाँहरुको सल्लाह मिल्यो भने संसद चल्ने भयो । नमिल्दाखेरी संसद नचल्ने भयो । संसदमा स्वतन्त्र रुपमा जितेर आउनुभएको मानीय ज्यूको पनि उत्तिकै भुमिका रहन्छ । संसदलाई संसदजस्तो बनाउनुपर्छ । सरकार अथवा ठूला दलहरु बीचको भागबन्डाको विषय नै होइन संसद । प्रमुख तीन दलले संसदलाई आफ्नो सिन्डिकेट बनाउन खोजेको देखियो । पहिलो पटक भएको छैन यस अगाडी पनि भएको थियो । त्यतिखेर पनि हामी चुपचाप बस्यौँ । ठिकै छ भनिरह्यौँ । तर यो गर्न पाइँदैन । यो गलत हो । संसदको मर्यादालाई, संसदको गरिमालाई जोगाउनुपर्ने हुन्छ । जनप्रतिनिधिहरु त्यहाँ आम नागरिकको मुद्दा बोकेर आएका हुन्छन् ।'

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved