मलाई प्रधानमन्त्री बनाउन लिखित हस्ताक्षर कसले गरेको हेर्नुहोला ? भावनामा आएर बोले त्यसमा माफि चाहान्छुः प्रधानमन्त्री

  • असार २५, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, रास्वपा, राप्रपा लगाएत संसदमा रहेका अधिकांश पार्टीको समर्थनले प्रधानमन्त्री प्रधानमन्त्री बनाएको बताएका छन्।

एमालेले आफूमाथि प्रश्न उठाएर राष्ट्रपतिकहाँ हस्ताक्षर गरेर बुझाएको पत्रको समेत अवहेलना गरेको उनको भनाइ छ।

प्रचण्डले भनेका छन्, ‘यो आत्मसमीक्षासँगै संसदमा केही प्रश्न पनि गर्न गर्छु। यो राख्दै जाँदा केही भावुकता आउने हो कि भन्ने डर पनि छ मलाई। यसबीचमा प्रश्न उठाइयो। मलाई प्रधानमन्त्री कसले बनायो ? नेपालमा प्रधानमन्त्री कसले बनाउँछ भन्ने किसिमले प्रश्न उठ्यो। म यो प्रश्न उठ्दै गर्दा मभित्र धेरै कुरा खेले।

मलाई प्रधानमन्त्री बनाउन प्रतिपक्षी दलका साथीहरूले लिखित रूपमा हस्ताक्षर गर्नेहरूबाटै आएको देख्दा म गम्भीर भएको छु। किनकि मलाई प्रधानमन्त्री प्रितम सिंहले दिल्ली गएर बनाएर ल्याएको त होइन। मेरो भित्रको कुरा भन्दै छु। प्रितम सिंहले बनाएको त होइन। यो भन्दा धेरै नबोलौँ। त्यो बेलामा के स्थिति थियो उहाँहरूलाई राम्रो थाहा छ।

म प्रधानमन्त्री कुन परिवेशमा भए भन्ने कुरा सबैभन्दा बढी हेक्का प्रमुख प्रतिपक्षी दलका प्रमुख नेतालाई थाहा छ। थाहा हुँदा हुँदै ककसले रोक्न खोजेको थिए भन्ने थाहा हुँदा हुँदै अहिले राष्ट्रपतिलाई आफैँले लेखेको पत्रको यति ठूलो अवहेलना हुने गरी प्रश्न कसरी उठाइयो मभित्र प्रश्न उठेको छ।

प्रचण्डले आफ्नो अभिव्यक्तिबारे प्रश्न उठेपछि आफूले स्पष्टीकरण दिन खोजे पनि नपाएको बताएका छन् ।

आफ्नो अभिव्यक्तिमा प्रश्न उठेपछि प्रस्ट पार्न खोजे पनि सदन अवरुद्ध गरेर मौका नदिएको बताए । ‘गम्भीर प्रश्न उठेपछि मैले पहिला बोल्ने अवसर माग गरेको थिएँ । म त सुरु देखि स्पष्ट पार्न तयार भएको थिएँ , तर किन संसद् अवरुद्ध गर्नुभयो ?’, प्रचण्डले भने, ‘स्पष्टीकरणको मौका पनि नदिई राजीनामा माग्ने ? के त्यही हो

संसदीय अभ्यास र पद्धति कस्तो हुनुपर्छ प्रतिपक्ष दलका संसदहरुलाई राम्रोसंग थाहा भएको समेत प्रचण्डले बताए । ‘संसदमा उभिएर यर्थाथ के हो ? मेरो कमजोरी भयो भने कहाँ भयो भनेर भन्न पाउनु पर्दैन ? किन ३ दिनसम्म संसद अवरुद्ध गरियो ? मैले बुझ्न सकेको छैन’ प्रचण्डले भने, ‘प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्छ हो रु यहीँ हो लोकतान्त्रिक परम्परा र विधि ? प्रतिपक्षले प्रश्न उठाउने वित्तिकै प्रधानमन्त्रीलाई संसदमा स्पष्टीकरण दिने मौका नदिने हो ? यी मेरा प्रश्न हुन् ।’

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved