आजको सडक संघर्ष तेस्रो जनआन्दोलनको पहिलो फिलिङ्गो हो:- कमल थापा

  • श्रावण ५, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आजको सडक संघर्ष तेस्रो जनआन्दोलनको पहिलो फिलिङ्गो भएको र प्रारम्भिक संकेत भएको बताएका छन् ।

जब अति हुन्छ,जब जनताको धैर्यको बाँध फुट्छ तब जनता सडकमा उत्रेर संकटको समाधान खोज्न बाध्य हुन्छन् भन्दै थापाले संघीय गणतन्त्रको नाउँमा कायम रहेको भ्रष्ट व्यवस्था र तन्त्र अन्त्य गर्न जनता सडकमा उत्रनु वाहेक अर्को विकल्प नभएकोमा जोड दिए । आज काठमाडौंको शान्ती बाटिकामा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै थापाले "जसले यो व्यवस्थाबाट अकुत सम्पत्ति जोडेका छन्, ब्रम्हलुट गरेका छन् र राजनीतिक साम्राज्य कायम गरेका छन् उनीहरु यो व्यवस्था परिवर्तन त के सुधार पनि गर्न चाहन्नन् भन्दै देश अहिले संकटको दलदलमा भासिएको चर्चा गरे ।

नेपाली सेना वाहेक राज्यका सबै अंग, संरचना र निकायहरुमा धमिरा लागेको खिया लागेको भन्दै उनले सामान्य सुधारले अब संकटबाट मुक्ति संभव नभएको जिकिर गरे । "अब व्यवस्था र प्रणाली नै परिवर्तन गर्नु आवश्यक छ" - थापाले भने । जनताले न्याय पाउने अदालतबाट हो, तर अदालतबाट काकताली परेर वाहेक साधारण अवस्थामा जनताले न्याय पाउने आशा मरिसकेको भन्दै उनले राजनीतिक पहुँच र सम्पर्कका आधारमा न्यायाधीशहरू नियुक्त हुन्छन्, त्यसैले राजनीतिक दल र नेताहरुको आदेश पालना न्यायपालिकाको नियति बनेको बताए ।

नेताहरुको आदेश नमाने न्यायाधीशहरु महाभियोगको शिकार हुनुपर्ने दुखद अबस्था भएको समेत उनले भने। थापाले अख्तियारमा पार्टीको भागवण्डा अनुसार नियुक्ती हुने भएकोले अख्तियारले साना माछा मात्र समात्ने गरेको दाबी गरे । "प्रशासन र प्रहरी पार्टीको प्रभावमा रहेका छन्। आदेश अनुसार काम नगरे जागिर नै धरापमा पर्छ" थापाको टिप्पणी थियो ।

ललिता निवासको सरकारी जग्गा काण्डमा सि बि आईले गरेको छानविन प्रशंसनीय भएको तर राजनीतिक नेतृत्वको दवावले गर्दा निर्णय सदर र निर्णय गर्ने मन्त्री र प्रधानमन्त्रीलाई छुन नसकेको उनको भनाई थियो । "नक्कली भुटानी शरणार्थी काण्डमा करोडौं रकम बुझेका व्यक्तिहरू छानविनको घेरामा परेका छैनन्।

प्रजातन्त्रको मेरुदण्ड मानिने चुनाव व्यापारिकरण र अपराधिकरणको प्रभावमा परेको छ। प्रदेश संरचना राजनीतिक अस्थिरता र भ्रष्टाचारको अखडा बनेको छ। धर्मनिरपेक्षताको आडमा भैरहेको धर्मपरिवर्तनले सनातन धर्म संस्कृति कमजोर भएको छ। अर्थतन्त्र संकटग्रस्त भएको छ। मिटरव्याजी, सहकारी र बैंकबाट लाखौं जनता पिडित भएका छन्। यस्तो अवस्थामा अब सडकबाटै परिवर्तन खोज्नुपर्छ- थापाले भने ।

भ्रष्ट व्यवस्था, भ्रष्टाचारी र लेण्डुपवादी प्रवृत्ति अन्त्य गर्न तेस्रो जनआन्दोलनको तयारीमा जुट्न आमजनसमुदायलाई आह्वान समेत थापाले गरेका छन् । हिन्दुअधिराज्यको पुनस्थापना तथा सुशासन कायम गरी आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न समान विचारधारा भएका सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एकजुट हुन पनि उनले आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्दै वरिष्ठ अधिक्ता बिष्णु भट्टराईले कमल थापाको नेतृत्वबाट हुने आन्दोलनलाई सबैले साथ सहयोग गर्नुपर्ने आबश्यकता औल्याए। कार्यक्रममा नेताहरु हिक्मतजङ्ग भण्डारी ,नगेन्द्र देउजा,उज्वल पोखरेल लगायतले बोलेका थिए । काठमाडौंको भद्रकालीबाट शुरु भएको र्‍याली नयाँ सडक,ईन्द्रचोक, असन भोटाहिटी हुँदै रत्नपार्कको शान्ती बाटिकामा पुगि बिरोध सभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved