प्रचण्डलाई कांग्रेसले भन्यो,तपाईंलाई जंगलबाट राजनीतिमा ल्यउने हामी नै हो

‘नधम्क्याउनुस्‚ कांग्रेस तर्सिने दल होइन’

  • जेठ ७, २०८१
  • कालापानी मिडिया
alt

 


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले धम्की दिएर तर्साउन नखोज्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएको छ।

कांग्रेसले माओवादीलाई जंगलबाट संसदमा ल्याउने काम कांग्रेसले नै गरेको पनि उल्लेख गरेको छ। उसले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएर कांग्रेसलाई तर्साउन नखोज्न प्रधानमन्त्री प्रचण्डलाई चेतावनी दिएको छ।

सोमवार संसद भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकपछिको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यस्तो चेतावनी दिएका हुन्।

‘हतियार उठाएर यो सत्ता हतियारकै बलमा परिवर्तन गर्छु भनेर हिँड्नुभएको तपाईं र तपाईंको पार्टीलाई शान्तिमा रुपान्तरण गरेर एउटा राजनीतिक दलमा स्थापित गर्न का्रग्रेसको सहयोग र भूमिका छैनरु‚’ उनले भने‚ ‘यस्तो गैरजिम्मेवारपूर्ण कुरा गर्ने। भोलिका दिनमा मूल्य चुकाउनुपर्लारु के चुकाउनुपर्छरु तपाईंहरु गैरजिम्मेवार भएर निरंकुशतातिर जाने। कांग्रेसविरुद्ध गैरजिम्मेवारपूर्ण ढंगबाट लाञ्छना लगाउन र बोल्न बन्द गर्नुस्। धेरै धम्क्याएर र तर्साएर कांग्रेस धम्किने पार्टी होइन।’

उनले प्रधानमन्त्री प्रचण्डले सदनमा विश्वासको मत लिने क्रममा कांग्रेसलाई धेरै सघाएको उल्लेख गरेको भन्दै कांग्रेसले पनि नेकपा माओवादी केन्द्रलाई पनि उत्तिकै सहयोग गरेको बताए। उनले कांग्रेसलाई माओवादीले भोटको राजनीति शुरु गरेपछि मात्रै सहयोग गरेको भए पनि कांग्रेसले जंगलमा हुँदादेखि माओवादीलाई सहयोग गरेको दावी गरे।

‘सम्माननीय प्रधानमन्त्रीजीले मैले नेपाली कांग्रेसलाई धेरै सहयोग गरेको छु। आज नेपाली कांग्रेसले जे गर्‍यो, त्यसका लागि इतिहासमा भोलिका दिनमा मूल्य चुकाउनुपर्ला भन्नुभयो। म उहाँलाई विनम्रताका साथ आग्रह गर्छु‚’ उनले भने‚ ‘तपाईंले त हामीलाई भोटको राजनीतिमा आइसकेपछि सहयोग गर्नुभएको हो, हामीले पनि गरेका हौँ। तपाईंलाई त जंगलबाट यहाँ राजनीतिमा ल्याउने कांग्रेस हो‚ बिर्सिनु भयो ?’

उनले संसदमा आज भएका गतिविधि शोभनीय नरहेको कांग्रेसको ठहर रहेको बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
हेर्नुस् २०८१ साल भद ...

काठमाडौं । आज २०८१ साल भदौ १८ गते मंगलबार तदनुसार सन् २०२४ सेप्टेम्बर ३ तारिख। भाद्र शुल्क पक्षको प् ...

काङ्ग्रेस केन्द्रिय ...

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा हिन्दुुराष्ट्रसम्बन्धी माग भएपछि होहल्ला भए ...

न डिस्को न ह्विस्की, ...

काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसले आयोजना गरेको ‘कल्चरल थिम मेकअप प्रतिस्प ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved