अमेरिका र ब्राजिलमा कोरोना भाइरसको भयावह स्थिति

अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या २० लाख नाघ्यो, ब्राजिलमा एकैदिन १३ सय जनाको मृत्यु, ३३ हजार भन्दा बढी संक्रमित

  • जेठ २९, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या २० लाख नाघेको छ ।
केहीबेर अघिको तथ्याङ्क अनुसार अमेरिकामा १ लाख १५ हजार भन्दा बढीको मृत्यु भएको छ भने ८ लाख १ हजार भन्दा बढी मानिस उपचारपछि घर फर्केका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा थप ९ सय ८१ जनाको मृत्यु भएको छ भने २० हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यस्तै, ब्राजिलमा पछिल्लो २४ घण्टामा १३ सय मानिसको मृत्यु भएको छ भने ३३ हजार एक सय भन्दा बढी संक्रमित भएका छन् ।

सोही अवधिमा मेक्सिकोमा ५ सय ९६ जनाको मृत्यु हुँदा ४ हजार १ सय ९९ संक्रमित थपिएका छन् । यस्तै, भारतमा ३ सय ८८ जनाको मृत्यु भएको छ भने २ हजार ३ सय ७५ संक्रमित थपिएका छन् ।

बेलायतमा २ सय ४५ जनाको मृत्यु हुँदा १ हजार तीन संक्रमित थपिएका छन् । यस्तै,२४ घण्टामा चिलीमा १ सय ९२ जनाको मृत्यु भएको छ भने ५ हजार ७ सय ३७ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved