उपत्यकामा ग्यासको अभाव हुन नदिन वैकल्पिक व्यवस्था: बाहिरै सिलिन्डर भरेर काठमाडौँ ल्याइने

  • भदौ १५, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति सिर्जना भएको छ। यसले गर्दा उपत्यकामा पर्न सक्ने सम्भावित ग्यास अभावलाई ध्यानमा राख्दै वैकल्पिक आपूर्तिको गृहकार्य तीव्र पारिएको छ। ​

उपत्यकाभित्र सञ्चालित ग्यास उद्योगहरूमा सिधै बुलेट ल्याएर अनलोड गर्न सम्भव नभएपछि उद्योग मन्त्रालय, नेपाल आयल निगम र ग्यास उद्योगीहरूबीच उपत्यकाबाहिरै सिलिन्डर भरेर काठमाडौँ ल्याउने रणनीतिमा सहमति भएको छ। बजारमा ग्यासको हाहाकार हुन नदिन काठमाडौँका लागि तोकिएका ग्यास कम्पनीहरूले देशका विभिन्न भागमा रहेका प्लान्टहरू प्रयोग गरी रिफिलिङ गर्ने व्यवस्था मिलाइएको छ। ​

नेपाल आयल निगम स्रोतका अनुसार विभिन्न ब्रान्डका ग्यासहरूलाई देहाय बमोजिमका बाहिरी जिल्लास्थित प्लान्टहरू तोकिएको छ: ​एभरेस्ट र सुगम ग्यासको लागि मकवानपुरमा रहेका प्लान्टहरू तोकिएका छन् भने ​नेपाल ग्यास र एचपी ग्यासका लागि चितवनको गण्डकी ग्यास र धनुषाको नारायणी ग्यासका प्लान्टहरू तोकिएका छन । ​

यस्तै गौरीशङ्कर ग्यासका लागि वीरगञ्जस्थित सुपर ग्यासको प्लान्ट, ​सीताश्री र उग्रचण्डी ग्यासका लागि बारामा रहेका ग्यास प्लान्टहरू, ​एसटीसी ग्यासका लागि मनोज ग्यासको प्लान्ट, ​सगरमाथा ग्यासका लागि नवलपरासीको चण्डेश्वरी ग्यासको प्लान्ट र ​श्री र श्रीराम ग्यासको लागि चितवनस्थित बाबा ग्यास र जानकी ग्यासका प्लान्टहरू तोकिएका छन । ​

यसरी बाहिरी जिल्लाका प्लान्टहरूमा सिलिन्डर भरिसकेपछि तिनलाई साना तथा ठूला गाडीमार्फत काठमाडौँ उपत्यका भित्र्याइनेछ। त्यसपछि साविककै खुद्रा विक्रेता तथा डिपोहरूमार्फत उपभोक्तासम्म पुर्‍याइने योजना छ। बाँकी रहेका अन्य ब्रान्डका ग्यासहरूका लागि पनि प्लान्ट तोकी चाँडै अन्तिम सूची सार्वजनिक गरिने आयल निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved