काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोभिड-१९ विरुद्धको २४ लाख डोज खोप नहराएको दाबी गरेका छन् । उनले उक्त खोपको तथ्याङ्क आउन मात्रै बाँकी रहेको बताएका छन् ।
मन्त्री खतिवडाले आज पत्रकार सम्मेलनमार्फत् आफ्नो १०० दिने कार्यकालबारे जानकारी गराउँदै २४ लाख डोज लक्षित नागरिकसम्मै पुगेको तर स्थानीय तहहरुबाट त्यसको विवरण आइपुग्न बाँकी रहेको जिकिर गरे । २४ लाख डोज खोपको तथ्यांक छानबिनका लागि बनेको समितिले दिइएको डेडलाइनमा नै खोपको प्रकार र विवरणअनुसारको प्रतिवेदन बुझाउने उनको विश्वास छ ।
बुस्टर डोजको रुपमा लक्षित समूह बाहिरकाले खोप लगाएको र त्यसको विवरण नराखिएकोबारे पत्रकारहरुको प्रश्नमा मन्त्री खतिवडाले भने, ‘खोप पर्याप्त उपलब्ध भएका कारण केही समूहले बुस्टरको रुपमा पनि बढी खोप लिएको हुनसक्छ ।’
चार महिने उपलब्धि : पीसीआर शुल्क घटाउनेदेखि बुस्टर डोजसम्म
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफ्नो चार महिने कार्य प्रगति विवरण सार्वजनिक गरेका छन् । मन्त्रालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले प्रगति विवरण सार्वजनिक गरेका हुन् । गत असोज २२ गते नियुक्त भएका खतिवडाले आफ्ना कार्यप्रगति सार्वजनिक गरेका हुन् ।
१. प्रधानमन्त्रीले घोषणा गर्नु भएको एक मात्र प्राथमिकता ’खोप, खोप र खोप’ लाइ मुर्त रुप दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सम्पूणर् संयन्त्र परिचालित भएको र कोभिड १९ विरुद्धको खोप अभियान राष्ट्रव्यापी रुपमा संचालन गरिएको-
(क) १२ देखि १७ बर्ष उमेर समुहका करिब ३४ लाख बालबालिकाहरूलाई खोप दिने कार्य शुरु गरिएको छ ।
(ख) विगतमा जोखिममा रहेका गर्भवती महिलाहरूलाई मात्र खोप दिइएकोमा, हाल सबै गर्भवती महिलाहरूलाई (पहिलो त्रैमासिकपछि) खोप दिने नीति अपनाइएको छ ।
(ग) लक्षित सबै जनसंख्यालाई पूणर् मात्रा खोप प्रदान गर्ने तथा जोखिम समूह लक्षित बुस्टर मात्रा प्रदान गर्ने नीति अनुरुप पर्याप्त मात्रामा खोप अनुदान एबम खरिद मार्फ़त निरन्तर आपूर्ति भैरहेको छ।
(घ) २०७७ माघ महिना देखि संचालित कोभिड-१९ बिरुद्धको खोप अभियान समय तालिका बनाइ संचालन गरिएकोमा, २०७८ मंसिर महिनादेखि कोभिड १९ विरुद्धको खोप अभियान देशब्यापी रुपमा निरन्तर र नियमित संचालन भईरहेको। ६५ बर्ष भन्दा माथिको उमेर समुह, दीर्घरोगी एबम अंग्रपन्ति लक्षित गरि बुस्टर डोज भ्याक्सिन प्रदान गरिदै आएकोमा मिति २०७८ माघ २७ गते देखि १८ बर्ष उमेर पुगेका सबैलाई बुस्टर डोज भ्याक्सिन प्रदान गर्ने निणर्य भैसकेको छ।
(ङ) ५-११ बर्ष उमेर समुहको बाल बालिकालाइ समेत कोभिड-१९ विरुद्धको खोप प्रदान गर्न खोपको उपलब्धता सुनिस्चितता भएको छ ।
२. विगतमा संघीय तहबाट निश्चित अवधी निर्धारण गरेर निश्चित समूहलाई कोभिड-१९ बिरुद्ध को खोप प्रदान गरिएकोमा, हाल कार्यनीति परिमार्जन गरी देहाए बमोजिमका रणनीति अबलम्बन गरिएको “
(क) खोपको पहुँच नपुगेको स्थान र समुदायको पहिचान गरी प्रदेश र स्थानीय सरकारको नेतृत्वमा खोप अभियान सञ्चालन गरिएको छ ।
(ख) ठुला अस्पतालहरुमा र जनघनत्व बढी भएका शहरका विभिन्न सार्वजनिक स्थानहरुमा खोप केन्द्र निर्धारण गरेर दैनिक रुपमा खोप प्रदान भैरहेको छ ।
(ग) दैनिक आवत जावत गर्ने स्थान जस्तै बसपार्क, काठमाडौ उपत्यकाका मुख्य प्रबेश नाकाहरुमा यात्रुहरूलाइ लक्षित गरी दैनिक खोप सेवा प्रदान गरिएको छ ।
(घ) सार्वजनिक सेवा प्राप्तिको लागी कोभिड १९ विरुद्धको खोप अनिवार्य रुपमा लिनुपर्ने कानूनी प्रावधान लागू गरिएको छ ।
३. खोप लगाएको क्यू.आर.कोडसहितको प्रमाण पत्र स्थानीय तहबाट उपलब्ध गराउन शुरु गरिएको छ ।
४. खोप कभरेजको लक्ष्य
-२०७८ आश्विनसम्म लक्षित जनसंख्याको एक तिहाईलाई पूणर् खोप लगाउने लक्ष्य हासिल भैसकेको छ ।
– २०७८ माघ २७ गते सम्म १२ बर्ष भन्दा माथिको लक्षित जनसंख्याको ७७% लाई पहिलो मात्रा र ६९% लाई पूणर् खोप प्रदान गरिएको छ ।
– २०७९ बैशाख मसान्तसम्म लक्षित जनसंख्या सबैलाई कोभिड -१९ बिरुद्धको पूणर् खोप प्रदान गर्ने लक्ष निर्धारण गरिएको र त्यस्को लागी आवश्यक पर्ने खोपको मौजदात सुनिस्चित गरिसकिएको छ, हाल खोप लगाउने दरलाई हेर्दा यो लक्ष तोकिएको मिति भन्दा अगावै प्राप्त हुने अवस्था छ ।
५. खोपको उपलब्धता (२०७८ माघ २७ सम्म)
– हालसम्म प्राप्त खोप ” ४ करोड ६५ लाख ७० हजार ७२०
– खोप लगाएको मात्रा ” ३ करोड ४८ लाख २५ हजार ६०१
६. कोभिड-१९को निदान गर्नको लागि पीसीआर परिक्षण गर्ने प्रयोगशालाको संख्या र परिक्षण क्षमता वृद्धि गरिएको र कोभिड-१९ को भेरिएन्ट पत्ता लगाउन नेपालमा नै जिन सिक्वेसिङ कार्य शुरुवात भैसकेको छ, अनियमितता गर्ने प्रयोगशाला तथा अस्पतालहरुलाई कारवाहीको दायरामा ल्याउने कार्य भैरहेको छ, पीसीआर परिक्षणको मूल्य निजी अस्पताल/प्रयोगशालामा २००० वाट घटाई १५०० र सरकारी स्वास्थ्य संस्थामा १००० बाट घटाई ८०० कायम गरिएको छ ।
७.कोभिड-१९ संक्रमितको उपचार ब्यबस्थापनको लागि अक्सिजन प्लान्ट, अक्सिजन सिलिन्डर, आइ.सि.यु. बेड, एचडीयू बेडको संख्या वृद्धि गरी अस्पतालहरूको क्षमता वृद्धि गरिएको छ
८. कोभिड-१९ युनिफाइड अस्पताल (वीर अस्पताल) मा २४ सै घण्टा (११३३) सेवा मार्फत परामर्श सेवा प्रदान गर्न शुरु भएको छ ।
९.भारतसंग सिमाना जोडिएका प्रवेश बिन्दुहरुमा स्थापित हेल्थ डेस्कको क्षमता वृद्धि गरी दैनिक नेपाल प्रवेश गर्ने यात्रुहरु मध्य ९०% को स्क्रिनिङ भैरहेको तथा स्क्रिनिङ भएका मध्य ८७ % भन्दा धेरैको कोभिड-१९ को परिक्षण भैरहेको छ।
१०. कपिलवस्तुमा फैलिएको हैजाको प्रकोपलाई समयमै नियन्त्रण गरी, हैजा विरुद्धको खोप अभियान समेत संचालन गरिएको छ ।
मन्त्रालयका नयाँ नीतिगत दस्तावेजहरू-
१. नसर्ने रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी बहुक्षेत्रीय कार्ययोजना (२०७८-२०८३) मन्त्रिपरिषदबाट स्वीकृत भैसकेको, मृगौला प्रत्यारोपण,क्यान्सर रोगी र मेरुदण्ड पक्षघातको बिरामीलाई औषधि उपचार खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८ को मस्यौदा, राष्ट्रिय राष्ट्रिय स्वास्थ्य वित्त रणनीति २०७८-२०८८ को मस्यौदा, राष्ट्रिय आँखा स्वास्थ्य रणनीति२०७८-२०८६ को अंतिम मस्यौदा, जेरीयाट्रीक स्वास्थ्य सेवा रणनीति २०७८, नेपाल स्वास्थ्य लेखा २०१७/१८, नेपाल स्वास्थ्य संस्था सर्वेक्षण-२०२१, टेलिमेडिसिनको सेवा संचालन कार्यविधि,२०७८, आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका,२०७८ तर्जुमा भएको छ ।
२. दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यले सरकार र विकास साझेदारको संयुक्त पहलमा नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना, २०७९-२०८६ तर्जुमा कार्य शुरु गरिएको छ । आगामी दुई महिनामा लागत अनुमान सहितको मस्यौदा तयार हुनेछ ।
३. नेपालमा पहिलोपल्ट संघ, प्रदेश र स्थानीय गरी ३ ओटै तहमा जनगणना २०७८ मा आधारित मातृमृत्यु अध्ययन सम्पन्न गरिएको छ ।
४. नेपालमा ओमिक्रोनका बिरामीहरु बढदो क्रममा रहेकोले राष्ट्रिय संयुक्त बार्षिक समिक्षा भर्चुवल माध्यमबाट सम्पन्न गरिएको । यस कार्यक्रममा संघ, प्रदेश र स्थानीय स्तरका स्वास्थ्य सम्बन्धी प्रगती र चुनौती विश्लेषण गर्दै थप प्रभाबकारी स्वास्थ्य सेवाका लागि योजना तर्जुमा गरिएको छ ।
५. कोभिड-१९ संक्रमित बालबालिकाहरूको उपचार सम्बन्धी प्रोटोकल, आकस्मिक स्वास्थ्य सेवा, आधारभूत स्वास्थ्य सेवा, मानसिक स्वास्थ्य, आँखा, नाक,कान,घाँटी,मुख स्वास्थ्यको लागी स्तरीय उपचार पद्धति जारी गरिएको छ ।
६. रेबिज बिरुद्धको इम्यूनोग़्लोबुलिन शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पताल, टेकुवाट मात्र बितारण गरिदै आएकोमा हाल सातै प्रदेशका १/१ ओटा अस्पतालवाट निःशुल्क उपलब्ध हुने व्यवस्था गरिएको छ ।
७. नेपालको मध्य भागमा जेष्ठ नागरिक अस्पताल स्थापना गर्ने उद्धेस्यले समिति गठन गरि सम्भाव्यता अध्ययन गर्ने कार्य भै रहेको छ ।
स्वास्थ्य सेवा तथा स्वास्थ्य संस्था विस्तार सम्बन्धी ः
– २२०० आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको छ ।
– जर्मन विकास बैंकको सहयोगमा जिरी, रामेछाप र गोर्खामा सुबिधा सम्पन्न अस्पताल भवन निर्माण कार्य सम्पन्न भै हस्तान्तरण समेत भैसकेको छ
– ५, १०, १५ बेडका २२६ वटा आधारभूत अस्पतालको टेन्डर प्रक्रिया भई कार्य प्रारम्भ भएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved