काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान खोज्न दृढसंकल्पित हुनुपर्ने बाताउनु भएको छ ।
सोमबार नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा शुभकामना भिडियो संदेश सार्वजनिक गर्नुहुदै राजा शाहले भन्नुभयो- व्यक्तिमात्र बदलेर मात्रै देश बदलिने रहेनछ भन्ने पाठ हामी सबैलाई मिलेको छ । उहाले राजनीति, राज्यपद्धति र शासनप्रणालीको हेरफेर कोरा परिवर्तनमात्र भएको उल्लेख गर्दै देश चौतर्फी समस्याको चाङमा रहेको भताउनुभयो। उहाँले राजनीति र राज्य सञ्चालनका गतिविधिमा युवापिँढीको सहभागिता बढ्नु भने राम्रो भएको भन्दै रास्वपाको पछिल्लो जितलाई पनि संकेत गर्नुुुभयो ।
राजा ज्ञानेन्द्र शाहले आन्तरिक सुरक्षा प्रणालीको दृष्टिकोणले देश नाजुक भएको उल्लेख गर्नुहुदै, जीउधनको सुरक्षा गर्नु र जीवन जिउने अधिकार दिनु सरकारको कर्तव्य रहेको पनि बताउनुुुभयो । उहाँले भन्नुुुयो, ‘आम नागरिकले कुनै प्रकारको शारिरीक, मानसिक र भौतिक त्रास, पीडा या अभावको अनुभव गर्नु नपरोस्,’ । उहाले राजनीतिमा निषेध हुनु नहुने उल्लेख गर्दै देशका समस्याहरूको संवैधानिक समाधान खोज्न पनि सर्वसाधारणहरूसँग आग्रह गर्नुुुभयो ।
त्यस्तै, उहाले देश सनातन पहिचानबाट अविचलित हुनुपर्ने पनि बताउनुुुभयो । उहाँले भन्नुुुयो- सबै नेपालीले न्याय, शान्ति र सुख पाऊन्। विगतका राजनीतिक परिवर्तनहरू केबल सतहि मात्र भएको र दलीय खिचातानीले गर्दा देश प्रयोगशाला मात्र बनेको टिप्पणी गर्दै उहाले वर्तमान सन्दर्भमा युवाहरूको नेतृत्वले राष्ट्रिय समृद्धिमा योगदान पुर्याउने अपेक्षा गर्नुभयो ।
यस्तै उहाँले नयाँ सरकारलाई केही महत्त्वपूर्ण सुझावहरू समेत दिनुभएको छ । राजाले आर्थिक अवस्थालाई उकास्न, छिमेकी र बाह्य मित्र राष्ट्रहरूसँगको सम्बन्ध सुदृढ बनाउन र आन्तरिक सुरक्षा व्यवस्थालाई चुस्त राख्न नयाँ नेतृत्वलाई सुझाव दिनुभएको छ । उहाले परनिर्भरता र पराधीनताबाट देशलाई जोगाउन हरेक क्षेत्रमा आत्मनिर्भर र स्वाधीन बन्नुपर्नेमा जोड दिनुभयो ।
राजाले आपसी रिसराग र प्रतिशोधको राजनीति त्यागेर जनचाहना अनुसार अघि बढ्न आग्रह समेत गर्नुभयो। उहाँले आजको विषम र अशान्त विश्वमा हामीले हामीलाई जोगाउने वस्तुको खोजी गर्नुपर्ने पनि बताउनु भएको थियो । उहाले भन्नुुुभयो , ‘पराधीनताबाट देशलाई जोगाउनु छ।’ राजा शाहले देशको स्रोतको सही उपयोग भएमात्र देश लयमा फर्कने पनि उल्लेख गर्नुुुभयो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved