काठमाडौं । संयुक्त राष्ट्र संघको साधारण सभामा नेपाल युक्रेनको पक्षमा उभिएको छ । साधारण सभामा बुधबार रुस विरुद्ध ल्याइएको भर्त्सना प्रस्तावको पक्षमा मतदान गर्दै नेपाल युक्रेनको पक्षमा उभिएको हो ।
साधारण सभाको दुई तिहाइ बढी बहुमतले युक्रेनमा रुसी आक्रमण विरुद्ध भर्त्सना प्रस्ताव पनि पारित गरेको छ ।
साधारण सभाका १९३ राष्ट्र मध्ये १ सय ४३ सदस्य राष्ट्रले भर्त्सना प्रस्तावको पक्षमा मतदान गरेका थिए । पाँच देशले विपक्षमा मतदान गरेका थिए । सिरिया, निकारगुवा, उत्तर कोरिया र बेलारुसले प्रस्तावको विपक्षमा मतदान गर्दा ३५ देश भने मतदानमा सहभागी नै भएनन् । मतदानमा सहभागी नहुने देशहरुमा भारत, चीन, पाकिस्तान, दक्षिण अफ्रिकालगायत रहेका छन् ।
उक्त प्रस्तावमा रुसले गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र तथाकथित जनमत संग्रहको पनि निन्दा गरिएको छ । जस अनुसार युक्रेनका चार वटा क्षेत्र आफूमा गाभ्ने रुसी निर्णयलाई अस्वीकार गरिएको छ । उक्त निर्णय तत्काल बिना शर्त फिर्ता लिन पनि रुसलाई आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved