बिप्लप नेतृत्वको नेकपा कंचनपुरका ९ जना नेता कार्याकर्ताले दिए सामुहिक राजिनामा

  • पुस १४, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कंचनपुरका ९ जना नेता कार्यकर्ताले सामुहिक राजिनामा दिएका छन ।

सनिवार एक बिज्ञप्ति जारी गर्दै केन्द्र देखि, सचिवालय र जिल्लास्तरीय नेता कार्यकर्ताहरुले राजिनामा दिएका हुन । उनिहरुले दलहरुको भनाइ र काम गर्ने फरक शैलीका कारण  राजनीतिक क्रियाकलापहरु 'जनता' र 'राष्ट्र'का लागि नभएर आफ्नो आवश्यकता पूरा गर्ने पेशागत साधनका रुपमा प्रयोग भैरहेको बताउदै राजिनामा दिएको बताएका छ्न ।

दलहरुले जनताको सामान्य आवश्यकताहरु गाँस, वास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीको समेत हल गर्नको साटो सत्ता स्वार्थमै अल्झिएका कारण रास्ट्रले झन बिकराल समस्यामा गुज्रिनु परेको उनिहरुको भनाई छ । पार्टी स्थापना काल देखि हाल सम्म बिप्लब नेतृत्व को पार्टीमा निरन्तर अबिचलित भइ केन्द्र देखि जिल्ला सम्मका नेता कार्यकर्ता हरुले घुमाउरो, कुटनैतिक ढङ्गले आरोप प्रत्यारोपको नराम्रो प्रबृतीलाई त्याग्दै पार्टी नै परित्याग गरेको घोसणा पत्र सार्वजनिक गरेका छन । उनिहरुले नेपालका राजनैतिक दलहरुमा ने.क.पा.(बिलब) लगायत सबै दलका नेता कार्यकर्ताहरुमा स्वयम्सेवि भावनाको खडेरिका कारण राजनीति नै आज पेसा बन्न पुगेको भन्ने भाव झल्काउदै आफूहरु रास्ट्रय स्वयम् सेवक को भुमिका मा रहेर निरन्तर देश र जनताको मुक्तीका लागि संघर्स गरिरहने घोसणा पत्र मार्फत जानकारी गराएका छन।

उनिहरुले बिज्ञप्तिमा भनेका छन, "जबसम्म यहि दुष्परीणती राष्ट्रले व्यहोरीरहन विवश भईरहनु पर्दछ, त्यति बेलासम्म राष्ट्रिय स्वाधिनताको रक्षा हुन सक्दैन । राष्ट्र स्वाधिन नहुँदासम्म राष्ट्रियता, जनतन्त्र र जनजिविका सम्बद्ध मुद्दाहरु एक पछि अर्को विकराल बन्दै जानुको विकल्प देखिदैन । तसर्थ, यो दुष्चक्रबाट राष्ट्र जोगाउँदै जनताका आधारभूत समस्याहरु (गास, वास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी) हल गर्नु वर्तमान समयको पहिलो कार्यभार हुन पुगेको छ । सो कार्यभार पूरा गर्ने दायित्व सिंगो नेपाली जनताले बोध गर्दै आफूलाई राष्ट्रिय स्वयंसेवकमा परिणत गर्न सक्नु पर्दछ । यहि मूल्य, मान्यता र मूल मर्म आत्मसात गर्दै हामीहरु 'म एक स्वयंसेवक-जो आफ्नो व्यक्तिगत जिवन वर्वाद गरेर भए पनि देशलाई आवाद गर्न चाहन्छ ।' भन्ने प्रस्तावनाका साथ हामीहरु राष्ट्र र जनताको मुक्ति संग्राममा जिवन समर्पित गरिरहेको घोषणा गर्दछौं ,।"

राजिनामा दिनेमा केन्द्रिय प्रतिनिधि सदस्य राजेन्द्र बिस्ट, सचिवालय सदस्य मनमोहन जोशी, विरेन्द्र जोशी लगायत ९ जना रहेका छन ।IMG-20231230-WA0001 IMG-20231230-WA0005

FB_IMG_1703940189536

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved