म्यानचेस्टर डर्बीमा सिटीले मार्यो बाजी

  • फागुन २१, २०८०
  • कालापानी मिडिया
alt

एजेन्सी । प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ।

म्यानचेस्टर डर्बीमा भएको खेलमा सिटीले बाजी मार्यो। सिटीले आफ्नै घरेलु मैदानमा युनाइटेडविरुद्ध ३–१ को पुनरागमन जित दर्ता गरेको हो। सिटीका लागि फिल फोडेनले दुई तथा एरलिङ हालान्डले एक गोल गरे। खेलमा अग्रता भने युनाइटेडले लिएको थियो।

खेलको आठौं मिनेटमा मार्कस र्यासफर्डले बक्स बाहिरबाट शक्तिशाली प्रहारले गोल गर्दै खेलमा युनाइटेडलाई अग्रता दिलाएका थिए। सिटीले भने पहिलो गोल गर्न दोस्रो हाफ कुर्नु परेको थियो।

५६औं मिनेटमा फोडेनले पनि बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै खेलमा बराबरी गरे। ८०औं मिनेटमा उनले नै व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा सिटीलाई अग्रता दिलाए।

जुलियन अल्भारेजको पास लिंदै बक्स भित्रबाट राम्रो फिनिश गर्दै उनले अग्रता दिलाएका थिए। त्यसपछि इन्ज्युरी समयको पहिलो मिनेटमा हालान्डले गोल गर्दै सिटीको जित सुनिश्चित गरे। जित पछि दोस्रो स्थानमा रहेको सिटीको २७ खेलमा ६२ अंक भएको छ।

पहिलो स्थानमा रहेको लिभरपुलको समान २७ खेलमा ६३ अंक रहेको छ। युनाइटेड भने २७ खेलमा ४४ अंकसहित छैठौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved