एक वर्षमा २०१ भ्रष्टाचार का मुद्दा,५२४ कर्मचारी, १०१ निर्वाचित जनप्रतिनिधि अन्य गरि १५२० जना तानिए

  • साउन ३, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/८१ मा २०१ मुद्दा विशेष अदालतमा दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०८०/८१ मा विभिन्न माध्यमबाट २६ हजार ५२२ तथा अघिल्लो आर्थिक वर्ष २०७९र/८० बाट सरेर आएका नौ हजार २६८ गरी कुल ३५ हजार ७९० उजुरी परेका छन्। जसमध्ये कुल उजुरी सङ्ख्याको ७६.४९ प्रतिशत अर्थात् २७ हजार ३७५ उजुरी फर्छ्योट भएका छन्। सो आर्थिक वर्षमा गैरकानुनी लाभ हानिसम्बन्धी ५८, घुस ४८, नक्कली शैक्षिक प्रमाण–पत्र ३४, सार्वजनिक सम्पत्तिको हानिनोक्सानी ३४, राजस्व चुहावट १३, गैरकानुनी सम्पत्ति आर्जन ११ र विविध तीन गरी दुई सय एक मुद्दा दायर गरिएको हो।

कुल दुई सय एक आरोपपत्रमा प्रतिवादी सङ्ख्या १५२० जसमध्ये राष्ट्रसेवक कर्मचारी सङ्ख्या ५२४, निर्वाचित जनप्रतिनिधि १०१, मनोनीत पदाधिकारी १८१, लेखापढी व्यवसायी २, बिचौलिया १, व्यवसायी ९१ र अन्य व्यक्ति ६१९ जना रहेका छन्। आयोगका अनुसार रङ्गेहात कारबाहीमा पक्राउ सङ्ख्या ४४ मध्ये कुल राष्ट्रसेवक कर्मचारी ३२, लेखापढी व्यवसायी रबिचौलिया नौ र वडाध्यक्ष तीन जना परेका छन्।

विशेष अदालतबाट भएका फैसला चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दा सङ्ख्या ९२ रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved