हेटौँडाको एक होटेलमा पुरुष मृत फेला

  • कार्तिक ३, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका(२ स्थित एक होटेलमा पुरुष मृत फेला परेका छन्।

हेटौँडा-२ स्थित पल्पसा प्याराडाइज होटेलमा शुक्रबार अपराह्न काठमाडौंको चाबहिल–७ का अन्दाजी ४७ वर्षीय अजय मानन्धर मृत फेला परेका हुन्।

होटेलको तेस्रो तल्लाको कोठा नम्बर ४०५ मा बसेका मानन्धर मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

प्रहरीका अनुसार उनी असोज २७ गतेदेखि होटेलमा बसेका थिए। फोन समेत नउठाएपछि प्रहरी र जनप्रतिनिधिको रोहबरमा ढोका खोली हेर्दा उनी मृत अवस्थामा फेला पारेको अर्यालले बताए।

मानन्धर हेटौँडास्थित मामाघर आएको जानकारी पाएको प्रहरीले जनाएको छ। उनको शव हेटौँडा अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved