पुर्खौली पेशा आरनमा दिनचर्या चलाउदै टमटा परिवार

  • पुस १५, २०८१
  • कालापानी मिडिया
alt

धन सिंह धामी, महेन्द्रनगर । पुखौली पेशालाई विट मार्दै रोजगारीको शिलशिलामा भारत पसे पनि अहिले नेपालमा सोही पेशालाई टमटा परिवारले निरन्तरता दिएको छ ।

डडेल्धुरा जिल्लाको रुपाल बिस्तडीबाट २०३२ सालमा कञ्चनपुरको महेन्द्रनगर–०४ मा बसोबास गर्दै आएका शिबराज टमटा परिवार अहिले पेशालाई निरन्तरता दिई रहेका छन । रोजगारको शिलशिलामा पहाडबाट तराई तिर बसाईसराई गरेका टमटा परिवारले यहि भीमदत्त–०४ बजारको बिच किनारामा आफ्नो आरनको काम गरेर बसेको टमटा परिवारले बताए । पछि बजार विस्तारको क्रममा आफ्नो बस्ने स्थानमा स्थानीय सरकारले सडक र पसल बनाई पुजीपति व्यापारीहरुलाई स्थान दिएपछि आफ्नो व्यवसायी बन्द गर्नुपर्ने परिस्थिति आएको रोदन सुनाए ।

डडेल्धुरा जिल्लाको रुपाल बिस्तडी पुर्खौली घर भएका शिवराज टमटा सात भाई मध्येका साईला हुन भने परिवारको संख्या ठुलो भएपछि बिवाह भएको केहि महिनामा रोजगारी शिलशिलामा आफ्नो श्रीमती धौली टमटाको साथमा तराई तिर बसाई सरेर पुर्खौली पेशाबाट आफ्नो परिवारको जिविकोपार्जन गर्दै आईरहेका थिए ।

यसैगरी टमटा दम्पत्तिको परिवारमा दुई छोरा र तीन छोरी भएपछि परिवारको खर्च उठाउन कठिनाई भएपछि रोजगारीको लागि सपरिवार सहित भारत तिर लागेका हुन् । भारतमा १५ बर्ष बसाई गरेर छोराछोरीहरुलाई शिक्षीत गराई उतै रोजगारीमा लगाई शिबराज टमटा र धौली टमटा नेपाल फर्केर यहि आरन पेशालाई निरन्तरता दिई रहेका छन ।

एक दशक भन्दा बढि समय भारतमा विताउनु भएका दम्पतीले आफ्नो उर्जावान समय भारतमा बिताएको स्मरण गर्दै, अब आफ्नै देशमा दुवैजनाले एक अर्काको सहकर्मी बनेर काम गरी रहेको बताए । ‘अहिले दुबै जहानलाई बिहान बेलुकीको छाकटार्ने बाटो भएको छ’ शिवराज टमटाले भन्नुभयो, उनीहरुले हसिया, कोदाली,दाउ,चाकु,कुटो, त्रिशुल, शिकतार लगायत पुराना हतियारहरु मर्मत गर्ने र त्यसमा धार लगाउने, सबै काम गरीरहेका छन भने श्रीमतीले बजार तथा गाउँ घरमा गएर उत्पादित सामग्री बेच्ने गरेको टमटा परिवारले बताए ।

आफ्नो पुर्खौली पेशालाई निरन्तरता दिदै आधुनिक मसिनहरुको सहायताले थप व्यवसायलाई आर्थिक उन्नतीको पाटो बनाउन कोईका, निड्स नेपाल, अक्सफाम जस्ता लगायतका गैर सरकारी संस्था र स्थानीय सरकारको सहयोग पाए परिवारको आर्थिक अवस्था सुधारमा टेवा पुग्ने बताउदै यो पेशामा आधुनिक मसिनहरुको प्रयोगबाट औजारहरुलाई नयाँ रुप दिन नसके व्यवसाय धरापमा पर्ने खतरा रहेको टमटा परिवारको दुखेसो रहेको छ ।

शिवराज टमटाले “ठुलो लगानीमा काम गर्न पैसा छैन, सानो लगानीको काम कसैको नगरमा आउदैन त्यसैले कुनैपनि ठाउँबाट सहयोग पाएको छैन” भन्दै गरीब हुनुको पिडा पोखेका छन । शिबराज टमटाले आखाँमा आँशु झार्दै “पुर्खौली पेशामा केहि थप शिप सिकेका छोराहरुले पनि यहि आफ्नो देशमा केहि गरी खान पाए बुढेसकालमा परिवार संगै बस्ने चाहँना छ’’ स्थानीय सरकार र सहयोगी दाताहरु संग आश रहेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली र ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आज भेटवा ...

सिन्धुपाल्चोकमा गएको ...

काठमाडौं । काठमाडौं उपत्यकामा दिउँसो भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्ध ...

नुवाकोटको शेरा दरबार ...

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नुवाकोटको शेरा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved