राजावादीलाई इँटको जवाफ पत्थरले दिनेगरी तयारी हुन वाईसीएललाई प्रचण्डको निर्देशन

यदि हाम्रोविरुद्ध कोही आइलाग्छ भने जाइ लाग्नपर्छ र त्यसको त प्रतिवाद गर्नैपर्छ । नत्र हामी कसरी वाईसीएल भैयो त ? हामी क्रान्तिकारी कसरी भयौं त ?’

  • जेठ १८, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीलाई इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्न निर्देशन दिएका छन् ।

आइतबार योङ कम्युनिष्ट पार्टी (वाईसीएल) नेपालको तेस्रो सम्मेलनको काठमाडौंमा उद्घाटन गर्दै उनले आइलाग्नेमाथि जाइलाग्न नसक्ने भए कसरी वाईसीएल हुन्छ भन्दै प्रश्नसमेत गरेका छन् । पछिल्लो समय राजावादी छाडा बनेर आफूहरुमाथि आक्रमण गर्ने कोसिस गरिरहेको भन्दै प्रचण्डले आइलाग्नेमाथि जाइलाग्न तयारी भएर बस्न निर्देशन दिए ।

उनले भने, ‘अहिले राजावादीहरु बडो कता कताबाट पैसा ल्याएको छन्, पैसा त उनीहरुले थुपारेकै होलान् । त्यही पैसाको बलमा भाडाका मान्छे ल्याउने, छाडा बनाउने, जाँड खुवाउने, उफार्ने गरेको तपाईंहरुले र मैले देखिरहेका छौं । म के भन्न चाहन्छु भने जाइलाग्ने चाहिँ होइन, उनीहरुको सभामा, उनीहरुको आन्दोलनमा गएर जाइलाग्न भन्न मैले खोजिरहेको छैन, बुझ्नुहोला, तर उनीहरु छाडा भएका छन् । छाडा भएर हामीमाथि आक्रमण गर्ने कोसिस गर्दैछन् । यदि उनीहरु आइलाग्छन् भने त्यसको इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुहोस् । गर्नैपर्छ ।’

अध्यक्ष प्रचण्डले आफू शनिबारमात्रै नुवाकोटमा सार्वजनिक कार्यक्रममा बोलिरहेको बेला एक जना राजावादीले अराजक रुपमा प्रश्न गरेपछि त्यसको जवाफ त्यहाँका स्थानीयले जीवनभर पुग्नेगरी र नबिर्सिनेगरी प्रतिवाद गरेको सुनाए ।

उनले यदि कोही आइलाग्छ भने त्यस्तो अवस्थामा जाइ नलाग्ने भए कसरी वाईसीएल भयौ भन्दै प्रश्न गरे । प्रचण्डले भने, ‘यदि हाम्रोविरुद्ध कोही आइलाग्छ भने जाइ लाग्नपर्छ र त्यसको त प्रतिवाद गर्नैपर्छ । नत्र हामी कसरी वाईसीएल भैयो त ? हामी क्रान्तिकारी कसरी भयौं त ?’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved