एयर इण्डिया : दुर्घटनाग्रस्त विमानमा १६९ जना भारतीय, ५३ ब्रिटिश नागरिक

  • जेठ २९, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं । भारतको गुजरातस्थित अहमदावादमा एयर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको छ। लण्डनका लागि उडेको विमान टेकअफ गर्नेवित्तिकै दुर्घटनामा परेको हो।

विमानस्थल नजिकै विमान दुर्घटना भएपछि धुवाँको मुस्लो निस्किरहेको भारतीय संचारमाध्यमले जनाएका छन्। विमानमा चालक दलका १२ सदस्य र २ सय ३० यात्रु गरी २४२ जना रहेको समाचारमा जनाइएको छ। विमानमा १६९ भारतीय नागरिक रहेका छन् भने ५३ बेलायती, १ क्यानडा र ७ जना पोर्चुगलका नागरिक रहेको एअर इण्डियाले जनाएको छ।

अहमदावाद विमानस्थलबाट उडेलगत्तै १५ किलोमिटरको दुरीमा रहेको मेघानीनगरमा विमान दुर्घटना भएको हो। अहिले घटनास्थलमा उदद्दार टोली परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाढीले मुस्ताङमा मात ...

मुस्ताङ। उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन शुर ...

कोशी, बागमती, लुम्बि ...

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसप ...

नेपालमा जन्मिएर मात् ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले नेपालमा जन्मिएर मात्र नेपाली नहुने बताउनु भएको छ । निर्मल निवासमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved