एयर इण्डिया : दुर्घटनाग्रस्त विमानमा १६९ जना भारतीय, ५३ ब्रिटिश नागरिक

  • जेठ २९, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं । भारतको गुजरातस्थित अहमदावादमा एयर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको छ। लण्डनका लागि उडेको विमान टेकअफ गर्नेवित्तिकै दुर्घटनामा परेको हो।

विमानस्थल नजिकै विमान दुर्घटना भएपछि धुवाँको मुस्लो निस्किरहेको भारतीय संचारमाध्यमले जनाएका छन्। विमानमा चालक दलका १२ सदस्य र २ सय ३० यात्रु गरी २४२ जना रहेको समाचारमा जनाइएको छ। विमानमा १६९ भारतीय नागरिक रहेका छन् भने ५३ बेलायती, १ क्यानडा र ७ जना पोर्चुगलका नागरिक रहेको एअर इण्डियाले जनाएको छ।

अहमदावाद विमानस्थलबाट उडेलगत्तै १५ किलोमिटरको दुरीमा रहेको मेघानीनगरमा विमान दुर्घटना भएको हो। अहिले घटनास्थलमा उदद्दार टोली परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
​"राप्रपाको दुर्गति: ...

अनुपमा जोशी। नेपालका प्राय सबै पुराना दलहरूमा पुरानाले नयाँलाई अगाडि बढ्न नदिने सिन्डिकेटको प्रणाली ...

नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved