​"राप्रपाको दुर्गति: 'बुढा' नेताहरूको दम्भले युवा पलायन, नेतृत्व परिवर्तन कि पार्टी विघटन?"

जबसम्म युवाहरूले `हजुरबा´ र `बा´पुस्ताका नेताहरुलाई `दाइ´वा `अध्यक्ष´ मानेर नमस्कार गरिरहन्छन्, उनीहरू ओझेलमा परिरहन्छन् ।

  • वैशाख ५, २०८३
  • कालापानी मिडिया
alt

अनुपमा जोशी।

नेपालका प्राय सबै पुराना दलहरूमा पुरानाले नयाँलाई अगाडि बढ्न नदिने सिन्डिकेटको प्रणाली बनेको छ। यो कुनै अमुक पार्टीभित्रको कुरा होइन, समग्र नेपाली राजनीतिको 'ओल्ड गार्ड' (पुरानो पुस्ता) प्रति नागरिकको धैर्य टुट्दै गएको प्रस्ट देखिन्छ। ​तर आज म यहाँ मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको कुरा गर्न चाहन्छु।

​नेतृत्वको संकट र 'इगो' को टकरावका कारण ​राप्रपाभित्र टुटफुट र नयाँ कमिटी गठनका कुराहरू दशकौँदेखि चल्दै आएका हुन्। "दम्भ ठुलो तर हैसियत सानो" भएका नेताहरू जसले आफुपनी काम नगर्ने अरुलाई पनि गर्न नदिने बेकामे बखेडा मचाईरहने कार्य गर्ने भएपछी राप्रपाले कहिले पनि आफ्नो आकार बढाउन सकेन । जसको मुख्य कारण आन्तरिक गुटबन्दी र नेतृत्वको मोह नै हो। अझ पुराना नेताहरूले 'हामीले पञ्चायतदेखि राजनीति गरेर आएका हौँ' भन्ने दम्भ पालेर बसेका छन् । उनीहरूले युवालाई केवल "कार्यकर्ता" वा "भिड जम्मा गर्ने साधन" का रूपमा मात्र प्रयोग गर्न चाहन्छन्, नीति निर्माण गर्ने तहमा पुग्न दिँदैनन्। तर पुराना नेताहरूको यो दम्बले अब भने काम गर्नेवाला छैन।

अहिलेपुराना भन्दा धेरै क्षमतावान र योग्य युवाहरुलेपनी राजनीतिमा चासो राख्न थालेपछि पुरानालाई जिउ जिउ गर्ने दिनहरू गइसके । सुन्दा तितो लाग्ला तर यो यथार्थ हो, आफू सत्य र सक्षम युवाहरूले गलत र असक्षमलाई कदापि साथ दिँदैनन् । त्यसैलेपनि जबसम्म नेताहरूले आफ्नो व्यक्तिगत महत्त्वाकांक्षाभन्दा माथि देश र एजेन्डालाई राख्दैनन्, तबसम्म जतिसुकै 'शक्तिशाली' भनिए पनि ती कमिटीहरू कागजमै सीमित हुन्छन्।

​राजनीतिमा विचार र कार्यशैली समयसापेक्ष हुनुपर्छ। तर, पुराना नेताहरूले अनुभवको नाममा नयाँ विचारलाई ठाउँ नदिँदा राप्रपा लगायतका पार्टीहरू 'जड' भएका छन्। भिजन भएका युवाहरू जब पार्टीभित्र आफ्नो भविष्य र परिवर्तनको गुन्जायस देख्दैनन्, तब उनीहरू कि त निष्क्रिय हुन्छन् कि त पार्टी छोड्न बाध्य हुन्छन्। कतिपय अवस्थामा त पार्टीभित्रका युवाहरू पनि स्वतन्त्र विचार राख्नुभन्दा कुनै न कुनै 'बुढो नेता' को फेरो समात्न बाध्य हुन्छन्। नेताको फेरो नसमाती पद नपाइने भएपछि युवाको आफ्नै मौलिकता र उर्जा मर्छ। अर्को कुरा राजनीति गर्न आर्थिक स्रोत र शक्ति चाहिन्छ, जुन वर्षौँदेखि पदमा बसेका पुराना नेताहरूसँग सुरक्षित छ। नयाँ र क्षमतावान् युवासँग भिजन भए पनि स्रोत नहुँदा उनीहरू पछि परिरहेका छन् ।

अबको बाटो के त?

​युवाहरू ओझेलबाट निस्कन अब दुईवटा मात्र विकल्प देखिन्छन्:

आन्तरिक विद्रोह: पार्टीभित्रै रहेका युवाहरूले एकजुट भएर "हस्तक्षेप" गर्ने। पद माग गर्ने होइन, आफ्नो एजेन्डा र जनमतद्वारा पुरानालाई विश्राम लिन बाध्य पार्ने।

नयाँ ध्रुवीकरण: यदि पुरानाले बाटो छोड्दै छोड्दैनन् भने, सक्षम युवाहरूले त्यस्तो "भिड" मा बसिरहनुको सट्टा नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने आँट गर्नुपर्छ। किनकि हामिले खोजेको नेतृत्व देश र विदेश दुवैतिरका नेपालीले पत्याउने छवि भएको हो । सबैलाई मिलाएर लैजान सक्ने (Cohesive leadership) क्षमता भएको नेतृत्व हो, नकि गुट उपगुट र आसेपासे अघिपछि लाएर पार्टी विभाजन गर्ने। ​यथार्थ त यो होकि

नेपालमा नयाँ शक्ति वा कमिटी बनाउने कुरा सजिलो छ, तर त्यसलाई संस्थागत गर्न र जनताको विश्वास जित्न "शक्तिशाली नाम" मात्र होइन, "नयाँ कार्यशैली" पनि चाहिन्छ। अहिलेका नेतृत्व (नेतृत्व भनेको अध्यक्ष मात्रै होइन, पहिलो पुस्ता सबै)ले नछोड्ने र नयाँले हस्तक्षेप गर्न नसक्ने हो भने विकल्पको खोजी सडक र मतपेटिकाबाटै हुनुपर्ने देखिन्छ, अर्थात महाधिवेशन नै विकल्प हो।

जबसम्म युवाहरूले "हजुरबा" र `बा´ पुस्ताका नेताहरूलाई 'दाइ' वा 'अध्यक्ष' मानेर नमस्कार गरिरहन्छन्, उनीहरू ओझेलमै रहन्छन्। नेतृत्व 'दिइने' चिज होइन, यो त 'खोसेर लिइने' चिज हो। तसर्थ आउनुस, राप्रपाभित्रका चर्चित युवा अनुहारहरू पार्टीको मूल नेतृत्वलाई चुनौती दिएर परिवर्तन ल्याउन अघि बढ्नुस, होइन भने तपाईहरुपनि कालान्तरमा त्यही पुरानै ढर्रामा मिसिएर हराउनुहुनेछ !

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्ड: अ ...

​काठमाडौँ, २७ जेठ । नारायणहिटी दरबार हत्याकाण्डको पुन: छानविन गर्ने गृहमन्त्री सुदन गुरुङको घोषणालाई ...

दरबार हत्याकाण्ड पुन ...

काठमाडौंं, २७ जेष्ठ । सरकारले नारायणहिटी दरबार हत्याकाण्डको विषयमा थप छानबिन गर्ने निर्णयलाई स्वर्गी ...

जानकी मेडिकल कलेजका ...

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकको कर्जा दुरुपयोग गरेको आर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved