राप्रपाले आयोगलाई भन्यो, आचारसंहिता पालना गर्ने सवालमा गम्भीर हुनुपर्‍यो

  • फागुन १०, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन आचारसंहिताको पालना गर्ने, गराउने सवालमा गम्भीर हुन निर्वाचन आयोगलाई आग्रह गरेको छ।

विज्ञप्ति जारी गरी राप्रपाले घण्टी चिह्न हुने दलले ध्वनी प्रदूषण हुने गरी घण्टी बजाउँदै देशव्यापी निर्वाचन आचारसंहिता उल्लङ्घन गरिरहेको जनाएको छ। ‘ध्वनि प्रदूषण हुने गरी घण्टी बजाउँदै देशव्यापी निर्वाचन आचारसंहिता उल्लङ्घन गरिरहँदा आयोगले नदेखेजस्तो, नसुनेजस्तो गरिरहनु विडम्बनापूर्ण छ, खुकुरी चिह्न हुनेले घण्टी बजाउँदै हिँडेजस्तो खुकुरी नचाउँदै हिँड्ने, डोजर चिह्न हुनेले सडक र राजमार्ग अवरुद्ध हुने गरी डोजर चलाउँदै हिँड्ने अवस्था आयो वा हिँड्यो भने निर्वाचन आयोगका लागि त्यो पनि स्वीकार्य हुनसक्छ ?,’ विज्ञप्तिमा उल्लेख छ।

रौतहटमा सामाजिक एकता र सद्भाव खल्बल्याउने, साम्प्रदायिक वैमनस्यता पैदा गर्ने गरी भएका घटनाप्रति पार्टीले चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र एकता कायम गर्न अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
ट्रम्प निवास छिरे हत ...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निवास परिसरमा प्रवेश गरेका एक व्यक्तिला ...

काठमाडौँको वायु प्रद ...

काठमाडौं । “काठमाडौँ क्लिन एयर डायलोग” ले वायु प्रदूषण समाधानका लागि समन्वित र दिगो उपाय ...

त्रिशूलीमा बस दुर्घट ...

काठमाडौँ । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुबस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या १८ पुगेक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved