ट्रम्प निवास छिरे हतियारधारी, सुरक्षाकर्मीले हाने गोली

  • फागुन ११, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निवास परिसरमा प्रवेश गरेका एक व्यक्तिलाई अमेरिकी सुरक्षाकर्मीले गोली हानी हत्या गरेको छ ।

घटना हुँदा राष्ट्रपति ट्रम्प वासिङ्टन डीसीमा थिए भने उनको परिवारका सदस्य फ्लोरिडास्थित घरमै थिए । उनीहरू सुरक्षित रहेको अधिकारीहरुले बताएका छन् । स्थानीय सुरक्षा अधिकारीका अनुसार उक्त व्यक्तिलाई अमेरिकी स्टेट सिक्रेट सर्भिसका एजेन्ट र पाम बीच काउन्टी शेरिफका सुरक्षा अधिकारीहरुले रोक्ने प्रयास गरेका थिए । सुरुमा सुरक्षाकर्मीले ती व्यक्तिलाई हतियार छोड्न आदेश दिएका थिए । तर, उनले पेट्रोलको डिब्बा भुईंमा राखे पनि शटगन चलाउन खोजेपछि गोली चलाउनुपरेको पाम बीच काउन्टीका शेरिफ रिक ब्रेडशाले पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार घटनास्थलबाट एक पेट्रोलको डिब्बा र शटगन बरामद भएको छ । घटनामा कुनै पनि सुरक्षाकर्मी घाइते भएका छैनन् ।

बीबीसीका अनुसार ट्रम्पको घर रहेको स्थान मार–आ–लागोमा सधैं कडा सुरक्षा व्यवस्था रहने गर्छ । बाहिरी घेरा स्थानीय शेरिफ कार्यालयले सम्हाल्छ भने भित्री सुरक्षा सिक्रेट सर्भिसले हेर्छ । आगन्तुकहरूको कडाइका साथ जाँच गरिन्छ, सवारीसाधन र झोला मेटल डिटेक्टर तथा कुकुरमार्फत परीक्षण गरिन्छ । यति कडा सुरक्षा व्यवस्थाकै कारण संदिग्ध व्यक्ति भित्री क्षेत्रमा प्रवेश कसरी गरे भन्ने खुलेको छैन ।

मारिएका ती व्यक्तिको पहिचानबारे भने थप अनुसन्धान जारी छ । यो घटनाले अमेरिकामा बढ्दो राजनीतिक हिंसाबारे पुन: चिन्ता बढाएको विश्लेषण गरिएको छ । राष्ट्रपति ट्रम्पमाथि यसअघि पनि आक्रमण प्रयास भएका थिए ।

राष्ट्रपति ट्रम्प र उनको परिवारका सदस्य वरिपरि सुरक्षा घेरा पहिलेभन्दा थप मजबुत बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
काठमाडौँको वायु प्रद ...

काठमाडौं । “काठमाडौँ क्लिन एयर डायलोग” ले वायु प्रदूषण समाधानका लागि समन्वित र दिगो उपाय ...

त्रिशूलीमा बस दुर्घट ...

काठमाडौँ । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुबस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या १८ पुगेक ...

राप्रपाले आयोगलाई भन ...

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन आचारसंहिताको पालना गर्ने, गराउने सवालमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved