प्रचारप्रसारका क्रममा भौतिक स्वरुपका निर्वाचन चिह्न प्रयोग नगर्न उम्मेदवारलाई आयोगको आग्रह

  • फागुन १०, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसारका क्रममा भौतिक स्वरुपका निर्वाचन चिह्न प्रयोग नगर्न राजनीतिक दल तथा उम्मेदवारलाई आग्रह गरेको छ।

केही राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिह्नको प्रचार गर्दा धातु, काठ वा अन्य कडा सामग्रीबाट बनेका भौतिक चिह्न बोकी हिँड्ने गरेको र यसले सार्वजनिक शान्ति तथा सुरक्षामा प्रतिकूल असर पारेको भन्ने गुनासो प्राप्त भएको भन्दै आयोगले भौतिक रुपमा चुनाव चिह्न प्रयोग नगर्न भनेको हो।

दल तथा उम्मेदवारले तोकिएको मापदण्डअनुसार कपडा, तुल, फ्लेक्स वा कागजमा छापिएको निर्वाचन चिह्न प्रयोग गर्न सक्नेछन्। तर धातु, काठ वा अन्य समान प्रकृतिका सामग्रीबाट बनेका भौतिक चिह्न प्रयोग गर्दा सुरक्षा जोखिम बढ्ने भएकाले त्यस्तो कार्य नगर्न निर्देशन दिइएको छ।

‘राजनीतिक दल वा उम्मेदवारले आम जनमानसको सुरक्षामा असर पर्ने किसिमबाट भौतिकस्वरुपका कुनै धातु, काठ वा अन्य त्यस्तै प्रकृतिका सामाग्रीबाट बनेका निर्वाचन चिह्न प्रयोग गरी निर्वाचन प्रचारप्रसार नगर्न तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को खण्ड (ड) मा तोकिएबमोजिमको मापदण्डबमोजिम दलको झण्डा र चुनाव चिन्हको माध्यमबाट मात्र निर्वाचन प्रचारप्रसार गर्न गराउन र सोको विपरीत गरेको देखिएमा आचारसंहिता प्रतिकूल हुने व्यहोरा सरोकारवाला सबैमा जानकारीका लागि अनुरोध छ,’ आयोगले भनेको छ।638336486_859646707030559_3356376329857513121_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
ट्रम्प निवास छिरे हत ...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निवास परिसरमा प्रवेश गरेका एक व्यक्तिला ...

काठमाडौँको वायु प्रद ...

काठमाडौं । “काठमाडौँ क्लिन एयर डायलोग” ले वायु प्रदूषण समाधानका लागि समन्वित र दिगो उपाय ...

त्रिशूलीमा बस दुर्घट ...

काठमाडौँ । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुबस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या १८ पुगेक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved