अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे ३ निर्णयमा हस्ताक्षर

  • चैत १३, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेसँगै तीन निर्णय गरेका छन् । उनले अर्थतन्त्रमा संरचनात्मक सुधारका कदम चाल्ने भन्दै पदभार ग्रहणलगत्तै मुलुकको आर्थिक अवस्था सुधार्न र निजी क्षेत्रको मनोबल उच्च बनाउन तीनवटा महत्त्वपूर्ण नीतिगत निर्णयमा हस्ताक्षर गरेका हुन् ।

वाग्लेले २०८२ सम्मको ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने निर्णय गरेका छन् । अर्थतन्त्रलाई गतिशील बनाउन बाधक देखिएका पुराना कानुनहरू हटाउने प्रक्रिया सुरु गर्ने भएका छन् । ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदनमा सिफारिस भएको राजश्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेज गर्ने’, अर्थमन्त्रीले हस्ताक्षर गरेको देस्रो निर्णयमा उल्लेख छ ।

त्यस्तै, अर्थमन्त्री वाग्लेले निजी उद्यम व्यवसाय सुरक्षा एवं प्रवर्द्धन र ठुला विकास आयोजना सहजीकरण लगायत नयाँ विधेयक वा तिनको संशोधनको प्राथमिकीकरण तय गर्दै वृहत आर्थिक-कानूनी सुधारको मार्गचित्र बनाउने निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

युवराज पारस अस्पताल ...

युवराज पारस शाह अस्पताल भर्ना हुनुभएको छ। उहाँलाई काठमाडौँको थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना गर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved