नेपालीले एक वर्षमा १ अर्ब ८ करोड रुपैयाँको 'श्याम्पु' र 'जेल'मा ६ करोड खर्च गरे

  • असार २०, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । तर भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार नेपालीले राम्रो देखिनका लागि ठूलो मात्रामा रकम खर्च गरेको पाइएको छ ।

संसददेखि नागरिकस्तरमा पनि यसबारेमा नियमित चर्चा भइरहेको छ । नेपाल राष्ट्र बैंकले हरेक महिना सार्वजनिक गर्ने आर्थिक विवरणमा समेत विदेशी मुद्राको सञ्चिति घटेको देखाइन्छ । तर राम्रो देखिनका लागि आयात गरिएको सौन्दर्यका सामग्रीको मात्रा हरेक महिना वृद्धि भएको पाइएको छ ।

ती सामानको आयातमा मात्रै अर्बौँ रुपैयाँ विदेशिएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार ओठको शृङ्गारका सामग्रीको आयातमा मात्रै ३० करोड ८३ लाख ५१ हजार रुपैयाँ बाहिरिएको छ ।

विशेषगरी महिलाले प्रयोग गर्ने ुलिपस्टिकु लगायतका सामग्रीको आयातमा यो परिमाणको रकम बाहिरिएको हो । स्वास्थ्यका दृष्टिले लिपस्टिकको प्रयोगलाई राम्रो मानिँदैन । चालु आवको जेठ मसान्तसम्म दुई लाख ३७ हजार चार सय २९ केजी बराबरको ओठ राम्रो बनाउने सौन्दर्यका सामग्री आयात भएको छ । ती सामग्रीको आयात गर्दा सरकारले ११ करोड ३७ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । भारतबाट मात्रै १२ करोड ५९ लाख ५३ हजार मूल्य बराबरको झन्डै ४० हजार सात सय ६३ केजी लिपस्टिकलगायतका सामग्री आयात भएको छ ।

त्यस्तै चीनबाट एक लाख ९० हजार ६ सय ८७ केजी बराबरको सामग्री ११ करोड ६० लाख ४८ हजार रुपैयाँमा आयात भएको छ ।

यस्तै आँखाको शृङ्गारमा प्रयोग हुने सामानको आयातका लागि समेत निकै रकम खर्च भएको छ । ती सामानको आयातका लागि २२ करोड रुपैयाँभन्दा बढी रकम विदेशिएको छ । चालु आवको ११ महिनामा ९६ हजार ५३ केजी बराबरको त्यस्ता वस्तु आयात भएका छन् । जसका लागि २२ करोड ८१ लाख ९७ हजार रुपैयाँ बाहिरिएको छ । यसबाट सरकारले आठ करोड ६४ लाख ६५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । आँखा सजावटका सामान भारतबाट मात्रै १० करोड ५६ लाख २६ हजार रुपैयाँ बराबरको ६ हजार ६ सय २९ केजी परिमाणमा आयात भएको छ ।

त्यस्तै चीनबाट ६ करोड ९९ लाख २७ हजार रुपैयाँमा ७८ हजार तीन सय ५३ केजी आयात भएका छन् । त्यस्ता वस्तु इटाली, कोरिया, लक्जम्बर्ग, अमेरिका, पोल्यान्डलगायत देशबाट आयात हुने गरेको विभागले सार्वजनिक गरेको विवरणमा छ ।

त्यस्तै मेकअपका अर्को सामानका रूपमा रहेको क्रिम पाउडरको आयातमा समेत करोडौँ रुपैयाँ खर्च हुने गरेको छ । विभागका अनुसार चालु आवको जेठ मसान्तसम्ममा ९३ करोड ४९ लाख ९६ हजार रुपैयाँका क्रिम पाउडर आयात भएको छ जसबाट सरकारले ३५ करोड २९ लाख ८० हजार रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ ।

यस अवधिमा विभिन्न देशबाट चार लाख १७ हजार दुई केजी पाउडर खरिदका लागि २८ करोड ६६ लाख ४२ हजार रुपैयाँ विदेशिएको छ । यो अवधिमा अनुहारमा लगाउने क्रिममात्रै ६४ करोड ८३ लाख ५५ हजार रुपैयाँमा दुई लाख ६२ हजार सात २५ केजी नेपालमा भित्रिएको छ ।

विभागका अनुसार यस अवधिमा २४ हजार चार सय १८ लिटर नङमा लगाउने ुनेलपोलिसु आयात भएको छ । एघार महिनामा नेपालीले पाँच करोड नौ लाख २३ हजार रुपैयाँ खर्च गरेर नेलपोलिस आयात गरेका छन् । मुख्यगरी त्यस्ता पोलिस चीन, भारत, कोरिया, क्यानडालगायतका देशबाट आयात हुने गरेको पाइएको छ । यस अवधिमा चीनबाट दुई करोड ५८ लाख ४१ हजार र भारतबाट दुई करोड ३९ लाख १८ हजार रुपैयाँ बराबरको नेलपोलिस आयात भएको छ ।

४३ करोडभन्दा बढीको बडीलोसन

विभागको विवरणअनुसार जेठ मसान्तसम्म ४३ करोड ५७ लाख ५२ हजार रुपैयाँमा पाँच लाख सात हजार पाँच सय ८८ केजी लोसन आयात भएको छ । त्यसबाट सरकारले १६ करोड ३३ लाख ६४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

भारतबाट मात्रै ३१ करोड ४२ लाख ६८ हजार रुपैयाँमा दुई लाख ८४ हजार दुई सय दुई केजी बराबरको लोसन आयात भएको छ । त्यस्तै थाइल्यान्डबाट पाँच करोड ७६ लाख ४५ हजार, इन्डोनेसियाबाट दुई करोड ६२ लाख ३५ हजार रुपैयाँ बराबरका लोसन आयात भएका छन् ।

महिलाले प्रयोग गर्ने सिन्दुरका आयातमा समेत लाखौँ रुपैयाँ खर्च हुने गरेको छ । एघार महिनामा ९८ लाख १५ हजार रुपैयाँ बराबरको ४५ हजार आठ सय सात केजी सिन्दुर आयात भएको छ । सिन्दुर मुख्यगरी भारतबाट आयात हुने गरेको छ । विभागका अनुसार भारतबाट ९७ लाख ९२ हजार रुपैयाँ बराबरको सिन्दुर आयात भएको छ । त्यस्तै शृङ्गारका अन्य समानको आयातमा दुई अर्ब ८९ करोड रुपैयाँभन्दा बढी रकम विदेशिएको छ ।

श्याम्पु आयातमा एक अर्ब विदेशियो

हामीले नुहाउँदा प्रयोग गर्ने श्याम्पु आयातमा अर्बौँ रुपैयाँ विदेशिने गरेको विवरण सार्वजनिक भएको छ । चालु आवको ११ महिनामा एक अर्ब आठ करोड १० लाख ५४ हजार रुपैयाँ श्याम्पु आयातमा खर्च भएको छ । झन्डै ५७ लाख ८० हजार लिटर श्याम्पु आयातमा यो रकम विदेशिएको हो । श्याम्पुको आयातबाट सरकारले भने ४६ करोड ४७ लाख ९० हजार रुपैयाँ राजस्व जम्मा गरेको छ ।

यसैबीच कपाल रङ्गाउनकै लागि प्रयोग हुने सामग्रीको आयातमा ५० करोड ५१ लाख २९ हजार रुपैयाँ रकम देशबाहिर गएको छ । एघार महिनामा सात लाख ५८ हजार सात सय २६ केजी यस्ता रङ आयात भएको छ भने कपालमा लगाउने क्रिमका लागि ६ करोड १७ लाख ६६ हजार रुपैयाँ बराबरको रकम बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
निर्देशक समिर जोशीको ...

काठमाडौं । सासु बुहारी को कथामा आधारित प्रिमियम सिरिज "ओएचएच ! सासुजी ...." को छायांकन शुरु भयको छ। ...

आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved