इन्धन अभाव भएसँगै श्रीलंकामा विद्यालय एक हप्ताका लागि बन्द

  • असार २१, २०७९
  • कालापानी मिडिया
alt

एजेन्सी । इन्धन अभावका कारण श्रीलंकामा विद्यालय बन्द भएका छन् ।

पहिलो चरणमा सोमबारदेखि एक हप्ता विद्यालय बन्द गरिएको हो । शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

विद्यालयहरू बन्द भएपछि इन्धनको खपत कम हुने विश्वासका साथ विद्यालय बन्द गर्ने निर्णय गरिएको सरकारी अधिकारीहरूले जनाएका छन् । यसअघि देशका ऊर्जा मन्त्रीले आइतबार एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको बताएका थिए ।

देशमा आर्थिक संकट थप जटिल बन्दै जाँदा सरकारले इन्धन आयात गर्न नसकेकाले सार्वजनिक यातायात ठप्पजस्तै भएको छ । श्रीलंकाका अधिकांश पेट्रोल पम्पहरू धेरै दिनदेखि गन्धविहीन रहँदा पेट्रोल र डिजेलको खोजीमा राजधानीका धेरै स्थानमा सर्वसाधारणको लाइन निकै लामो देखिने गरेको छ ।

गत हप्ता, नगद अभावको कारण श्रीलंकाले पेट्रोल र डिजल बचत गर्न आवश्यक सेवाबाहेक सबै क्षेत्रका लागि इन्धन बिक्री दुई हप्ता रोक्ने घोषणा गरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
निर्देशक समिर जोशीको ...

काठमाडौं । सासु बुहारी को कथामा आधारित प्रिमियम सिरिज "ओएचएच ! सासुजी ...." को छायांकन शुरु भयको छ। ...

आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved