नैतिक संकटमा बेलायती प्रधानमन्त्री जोन्सन

  • असार २३, २०७९
  • कालापानी मिडिया
alt

एजेन्सी । सरकारका प्रभावशाली केही मन्त्रीसहित झन्डै तीन दर्जन सांसद र सल्लाहकारहरूले राजीनामा दिएसँगै बेलायती प्रधानमन्त्री बोरिस जोन्सन ठूलो दबाबमा पर्नुभएको छ ।

जोन्सनका मन्त्रीमण्डलका अर्थमन्त्री ऋषि सुनाक र स्वास्थ्यमन्त्री साजिद जाभेदले राजीनामा गरेको २४ घण्टा बित्न नपाउँदै मन्त्री, सांसद र सल्लाहकारको साथ छडेसँगै उहाँ दबावमा पर्नुभएको हो ।

यौन दुर्व्यवहारको आरोपितलाई महत्वपूर्ण पदमा नियुक्त गरेको विषयमा प्रधानमन्त्री बोरिस जोन्सनमाथि नैतिक प्रश्न उठाउँदै मन्त्रीहरूले राजीनामा गरेका हुन् ।

दर्जनौं मन्त्रीको राजीनामापछि प्रधानमन्त्री जोन्सनमाथि राजीनामाको चर्को दबाब परेको छ ।

उहाँको पार्टीका साथै सरकारमा रहेका अन्य मन्त्रीले समेत राजीनामा गर्न सुझाव दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
निर्देशक समिर जोशीको ...

काठमाडौं । सासु बुहारी को कथामा आधारित प्रिमियम सिरिज "ओएचएच ! सासुजी ...." को छायांकन शुरु भयको छ। ...

आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved