ब्राभित्र राखेर एक महिलाले कोरलिन् हाँसको अण्डा

  • असार २४, २०७९
  • कालापानी मिडिया
alt

एजेन्सी । मान्छेले आफ्नै शरीरको ताप दिएर चराचुरुंगीको अण्डा कोरलेको सुन्नुभएको छरु सायदै छैन होला तर यहाँ एउटा अनौठो र रमाइलो कुरा भएको छ।

अमेरिकाको क्यालिफोर्नियामा एकजना महिलाले आफ्नो ब्राभित्र हाँसको अण्डा राखेर कोरलिदिएकी छिन्। बेट्सी रोस नामकी ती महिलाले पार्कमा अलपत्र अवस्थामा फेला पारेको हाँसको अण्डालाई आफ्नो ब्राभित्र पैँतीस दिनसम्म राखेर कोरलिदिएकी छिन्। उक्त अण्डाबाट हाँसको बचेरो निस्किएको छ।

समाचार अनुसार क्यालिफोर्नियाको भिसालियास्थित एक सार्वजनिक पार्कमा परिवारसँग हिँडिरहेको बेला उनले क्षतविक्षत अवस्थामा रहेको हाँसको एउटा गुँड देखिन्। उक्त गुँड बाहिर हाँसको एउटा अण्डा थियो। उक्त अण्डामा सानो चिरा परेको भए पनि अरु असर परेको थिएन।

उनीसँगै रहेका उनका छोराछोरीले उक्त हाँसको अण्डा घर लगेर त्यसबाट हाँसको बच्चा निकाल्ने प्रयास गर्न अनुरोध गरे। तर उनले त्यसअघि घरमा कहिल्यै पनि चरा पालेकी थिइनन् र अण्डा कोरल्ने बारेमा उनलाई कुनै ज्ञान थिएन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
निर्देशक समिर जोशीको ...

काठमाडौं । सासु बुहारी को कथामा आधारित प्रिमियम सिरिज "ओएचएच ! सासुजी ...." को छायांकन शुरु भयको छ। ...

आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved