तिब्बतको कुनै पनि मामिलामा नबोल्न भारतलाई चीनको चेतावनी

  • असार २४, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । चीनले तिब्बतको कुनै पनि मामिलामा नबोल्न भारतलाई चेतावनी दिएको छ । तिब्बतका धर्म गुरु दलाई लामाको जन्मदिनको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएपछि चीनले धर्मगुरुलाई उचालेर चीनको आन्तरिक मामिलामा नजर नलगाउन चेतावनी दिएको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले पत्रकार सम्मेलनमा तिब्बतको बारेमा बोल्दा भारतले चीनको आन्तरिक मामिला र चीनसँग भएका सम्झौताको स्मरण गर्नुपर्ने बताउनु भएको भारतीय एनडीटीभीले जनाएको छ ।

निर्वासनमा रहेका चीन विरोधी एक धार्मिक र विवादित व्यक्तिलाई भारत र अमेरिकाले उचालेर विवाद बढाउने काम नगर्न चीनले भारत र अमेरिकालाई चेतावनी दिएको खबरमा उल्लेख छ । यसैबीच इन्डोनेसियामा चलिरहेको जी–२० देशहरुको शिखर सम्मेलनको क्रममा भारतीय विदेशमन्त्री एस जयशङ्कर र चिनियाँ विदेशमन्त्री वाङ यी ले झन्डै एक घण्टा वार्ता गर्नुभएको छ ।

भारतीय विदेशमन्त्री जयशङ्करले पूर्वी लद्दाखको वास्तविक सीमा रेखा अर्थात एलएसीमा देखिएको विवाद शीघ्र समाधानका लागि आग्रह गर्नुभएको छ । विवाद समाधान गर्दा द्धिपक्षीय सम्बन्ध, परस्पर सम्मान र संवेदनशीलतालाई ख्याल गर्नुपर्ने जयशङ्करको भनाइ छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले वार्तामा सीमा विवाद समाधानको विषयमा महत्त्वपूर्ण कुराकानी भएको बताउनुभएको छ । भारतीय विदेश मन्त्रालयले पनि सीमामा देखिएका विवाद समाधान गरेर दुई छिमेकी देशबीचको सम्बन्ध थप बलियो बनाउनुपर्ने विषयमा समझदारी भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
निर्देशक समिर जोशीको ...

काठमाडौं । सासु बुहारी को कथामा आधारित प्रिमियम सिरिज "ओएचएच ! सासुजी ...." को छायांकन शुरु भयको छ। ...

आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved