श्रीलंकाका प्रधानमन्त्री विक्रमासिंघे राजीनामा दिन तयार

  • असार २६, २०७९
  • कालापानी मिडिया
alt

एजेन्सी । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले पदबाट राजीनामा दिन तयार रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री विक्रमासिंघे आफैले समाजिक सञ्जाल ट्वीटरमार्फत यसको पुष्टि गर्नुभएको हो ।

यसअघि प्रधानमन्त्री कार्यालयले पनि प्रधानमन्त्री विक्रमासिंघे राजीनामा दिएर सर्लदलीय सरकार गठन गर्न तयार रहेको बताएको थियो । उहाँले यसबारे आफ्नो पार्टीका नेताहरुलाई जानकारी गराइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नागरिकको सुरक्षा सुनिश्चित गर्न प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने विपक्षीको प्रस्तावमा उहाँ सहमत भएको बताइएको छ । चरम आर्थिक संकटमा फसेको श्रीलंकाका जनता सडकमा उत्रिएका छन् भने राजनीतिक संकटसमेत चुलिएको छ ।

श्रीलंकाका प्रदर्शनकारीहरुले राष्ट्रपति भवन कब्जामा लिनुका उहाँको नीजि निवासमा आगजनी समेत गरेका छन् । यता राष्ट्रपति गोटावाय राजापाक्ष राष्ट्रपति भवन छाडेर सुरक्षित स्थानतर्फ गएपनि कुन स्थानमा रहनुभएको छ भन्नेबारे खुलाइएको छैन ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
निर्देशक समिर जोशीको ...

काठमाडौं । सासु बुहारी को कथामा आधारित प्रिमियम सिरिज "ओएचएच ! सासुजी ...." को छायांकन शुरु भयको छ। ...

आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved