४८ अर्ब ऋण रहेको निगम थप पाँचवटा विमान किन्न लिबङ गर्दै

  • असार २७, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०ले आन्तरिक उडान प्रभावकारी बनाउन पाँचवटा नयाँ जहाज किन्ने तयारी गरेको छ।

चीनसँग खरिद गरेका छवटा जहाज ग्राउन्डेड भएको दुई वर्षपछि निगमले यस्तो योजना बनाएको हो। अधिकांश समय ग्राउन्डेड भएका चिनियाँ जहाजसहित न्यारोबडी र वाइडबडी जहाज किन्दा लिएको ऋणको नियमित किस्तासमेत तिर्न नसकेर करिब ४८ अर्ब रुपियाँ ऋण बोक्दै आएको निगमले थप पाँचवटा जहाज किन्न लबिङ गरिरहेको छ।

कोरोना महामारीयताको समय कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषसँग लिएको ऋणको साँवा र ब्याजको दायित्वसमेत नतिरेको निगमले आफ्नो व्यावसायिक योजनाअनुसार आन्तरिकतर्फ थप पाँचवटा जहाज थप्ने तयारी गरिरहेको हो। निगमले स्टोल र ट्रङ्क रुटमा उडान गर्न सन् २०२२ भित्रै थप पाँचवटा जहाज खरिदको तयारी अगाडि बढाएको छ। जहाज खरिद प्रक्रिया अगाडि बढाउन निगमले एक समिति गठन गरेको खबर गोरखापत्रमा मीनराज भण्डारीले लेखेका छन्।

उक्त समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अर्थ मन्त्रालयसंँग छलफलपछि अबको १५ दिनभित्र एक निष्कर्षमा पुग्ने निगम स्रोतले जनाएको छ। आन्तरिक उडानमा प्रतिस्पर्धा गर्न भन्दै २०७१, २०७३ र २०७४ मा एभिएसन इन्डस्ट्रिज कर्पोरेसन चाइनासँग पौने चार अर्ब रुपियाँमा खरिद गरिएका चारवटै चिनियाँ विमान २०७७ साउन १५ गतेदेखि ग्राउन्डेड अवस्थामा छन्। ग्राउन्डेड भएयता ती विमानको बीमा तथा अत्यावश्यक मर्मत, पार्किङ खर्च हुँदै आएको छ।

यसअघि जहाज उडाउन सञ्चालन, वाणिज्य र इन्जिनियरिङको उचित व्यवस्थापनमा चुकेको निगमले निजी क्षेत्रका विमान कम्पनीको तुलनामा सस्तो भाडादरमा उडान गर्दासमेत नाफा कमाउन नसकेको अवस्थामा नयाँ जहाज किनेर प्रतिस्पर्धामा उत्रिने योजना अगाडि सारेको छ।

सुरुवाती छलफलअनुसार खरिद गर्न लागेका जहाजमा दुईवटा ७२ सिट क्षमताका एटीआर जहाज र तीनवटा साना ९१८ सिट क्षमताका० जहाज किन्ने तयारी भइरहेको छ। हाल निगमका दुईवटा वाइडबडी, दुईवटा न्यारोबडी र दुईवटा ट्विनअटर विमान सञ्चालनमा रहेका छन्।

निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आन्तरिक उडानमा अन्य निजी हवाई कम्पनीसंँग प्रतिस्पर्धाका लागि निगमसंँग जहाजको सङ्ख्या कम रहेको र नयाँ जहाज खरिदमार्फत निगमका आम्दानी बढाउन सञ्चालक समितिले स्वीकृत गरेको व्यावसायिक योजनाअनुसार जहाज खरिदबारे सुरुवाती छलफल भइरहेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
निर्देशक समिर जोशीको ...

काठमाडौं । सासु बुहारी को कथामा आधारित प्रिमियम सिरिज "ओएचएच ! सासुजी ...." को छायांकन शुरु भयको छ। ...

आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved