मोरङको सामुदायिक बन बाट सालको काठ तस्करी

  • श्रावण १२, २०७९
  • कालापानी मिडिया
alt

कुमार खड्का, मोरङ । मोरङको कानेपोखरी गाउपालिका स्थित ग्रामिण सुधार सामुदायिक वनबाट सालको काठ तस्करी हुने गरेको पाईएको छ । कानेपोखरी गाउपालिका वडा नम्वर ४ र ६ मा पर्ने सामुदायिक वन क्षेत्रबाट सालको काठ चोरी गरी विक्रि गर्ने समुह सक्रिय भएको सुचनाका आधारमा वनका कर्मचारी र शसस्त्र प्रहरीको टोलीले कानेपोखरीका विभिन्न स्थानबाट काठ बरामद गरेको हो ।

सामुदायिक बनको आन्तरिक समस्याका कारण वनबाट विगत ४/५ वर्ष देखी बनपैदावार निकासी हुन सकेको छैन् भने जंगलमा लडेका रुखहरुसमेत सामुदायिक वनले घाटगद्धि गर्न नसक्दा काठको अवैद्ध कारोबार गर्नेहरुको आखामा यति वेला बनभित्र लडेका सालका रुखमा पर्न थालेको हो ।

सामुदायिक बनमा काठ तस्करी हुने गरेको यो पहिलो घटना भने हैन यस बनबाट पटकपटक गरेर यस अघि सम्म १ हजार भन्दा बढी किवी काठ चोरी भै सकेको बनका सदस्य शेरबहादुर लिम्वु बताउछन् ।

तस्करहरुले बनमा लडेका रुखहरुलाई रातको समयमा तस्करी गरी कानेपोखरीको मयुर फर्निचर उद्योगको काष्ठ मिल र अन्य आसपासका क्षेत्रमा पु¥याएर लुकाएको अवस्थामा शसस्त्र प्रहरीले छापा हानी बरामद गरेको शसस्त्र प्रहरी बेस क्याम्प पथरीशनिश्चरेका सहि युवराज खतिवडाले बताए ।

बरामद गरिएको करिव ४४ किवी सालको काठलाई कानेपोखरी सव डिभिजन वन कार्यालयलाई बुझाईएको छ । काठ ओसारपसारमा समलग्न स्थानिय दिलिप माझीको सिटीसफारी र उनको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
निर्देशक समिर जोशीको ...

काठमाडौं । सासु बुहारी को कथामा आधारित प्रिमियम सिरिज "ओएचएच ! सासुजी ...." को छायांकन शुरु भयको छ। ...

आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved