बारामा मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना चोर पक्राउ

  • श्रावण २५, २०७९
  • कालापानी मिडिया
alt

बारा । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना मोटरसाइकल चोरलाई पक्राउ गरि सर्बजनिक गरेका छन ।

बाराको पचरौता नगरपालिकाका कै ६ जना मोटरसाइकल चोरलाई बारा प्रहरीले पक्राउ गर्न सफल भएको हो जिल्लाको विभिन्न ठाउँबाट चोरी गरिएका १२ वटा मोटरसाइकल सहित ती ६ जना मोटरसाइकल चोरलाई प्रहरीले पक्राउ गरेकोछ ।गत बिहीबार महागढीमाई नगरपालिका बरियारपुरबाट दुई वटा मोटरसाईकललाई चोरी गरेर भाग्दै गरेका पचरौता नगरपालिका–७ बेनौलीका बिशालकुमार सहनी र भोला पटेललाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका दुबै मोटरसाइकल चोर माथि चोरी सम्बन्धी मुदा दयारा गरि अदालतबाट थप म्याद गराई अनुसन्धान गर्ने क्रममा दुबैजनाले बोलेको आधारमा थप चार जनालाई चोरलाई पक्राउ गरिएको बाराका प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटी पत्रकार समेलनमा जानकारी दिए ।थप पक्राउ पर्नेहरुमा सोही नगरपालिकाको बेनौली टोलकै बृजमोहन साह सोनार, बिजय पटेल, हरिनारायण पटेल र बरक सहनीलाई पक्राउ गरिएको उपनिरिक्षक बोगटी बताए । 

जिल्लामा मोटरसाइकल चोरको बिगबिगी बढेपछि विभिन्न स्थानीयको गुणासो बढेपछि मोटरसाइकल चोरलाई पक्राउ गर्न प्रहरीले सकृय भएका छन।चोरी गरिएका मोटरसाइकल कचराको भावमा २५ देखि ३० हजारमा अन्य जिल्लामा र भारतको बिभिन्न ठाउँमा चोरले बिक्री गर्ने गर्छन । तर चोर पक्राउ परेपछि केही नेता र अभिभावकको संरक्षणमा चोर धरौटीमा छुटने गर्दा स्थानीयहरु मोटरसाइकल चोरबाट आजित बनेका छन ।

खुन र पसिनाबाट कमाएर किनेका मोटरसाइकल चोरले चोर्दा र पक्राउ परेपछि धरौटीमा रिहा हुदा थप पिडा हुने स्थानीय दिनेश यादवको भनाईछ ।उनका अनुसार पक्राउ परेका चोर कुनै हालतमा छुटन नपाउने प्रशासनलाई दबाब दिएका छन । जिल्ला प्रशासन कार्यालयमा पक्राउ परेका मोटरसाइकल चोर धरौटीमा रिहा भएपछि फेरि जिल्ला चोरको बिगबिगी हुन्थाल्छ । चोरलाई करवाही गरेर अगाडि बढानु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
निर्देशक समिर जोशीको ...

काठमाडौं । सासु बुहारी को कथामा आधारित प्रिमियम सिरिज "ओएचएच ! सासुजी ...." को छायांकन शुरु भयको छ। ...

आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved