काठमाडौंमा प्लस टुु का विद्यार्थी लक्षित विशेष ट्राफिक अभियान, एकैदिन १ सय १८ जनालाई कारबाही

  • श्रावण ३१, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं उपत्यकामा प्ल टु का विद्यार्थीलाई लक्षित गरी विशेष ट्राफिक अभियान सुरु भएको छ ।

हिजोदेखि सुरु भएको अभियान बिहान ५ बजेदेखि ७ बजेसम्म चल्नेछ । अभियान सुरु भएको हिजो एकैदिन १ सय १८ जना विद्यार्थी कारबाहीमा परेका छन् । कारबाहीमा परेकामध्ये ६१ जनासँग सवारी चालक अनुमति पत्र लाइसेन्स नभएको पाइएको छ ।

यस्तै, सवारी दर्ता किताब बिलबुक नबोकी मोटरसाइकल चलाउने ३९, मोटरसाइकलमा तीन जना चढेको कसुरमा ७ जना र हेलमेट नलगाइ मोटरसाइकल चलाउने एक जनालाई कारबाही भएको छ । त्यसैगरी, अन्य ट्राफिक नियम पालना नगर्ने १० जना कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

उनीहरुलाई कसुर अनुसार कारबाही हुनेछ । बढ्दो दुर्घटना रोकथाम गर्न र ट्राफिक नियमको पालना गर्नरगराउन विद्यार्थी लक्षित विशेष अभियान थालेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काठमाण्डौमा प्लस टु पढ्ने उमेर समूहका व्यक्तिहरु धेरैजसो दुर्घटनामा पर्ने गरेको पाइए पछि त्यसलाई रोक्न भन्दै अभियान थालिएको हो ।

एसईई उत्तीर्ण पछि धेरैजसो विद्यार्थीलाई अभिभावकले मोटरसाइकल र स्कुटर किनिदिने प्रवृत्ति बढ्दो छ । लाइसेन्स नै नभइ मोटरसाइकल र स्कुटर चलाउँदा दुर्घटनाको जोखिम बढेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
निर्देशक समिर जोशीको ...

काठमाडौं । सासु बुहारी को कथामा आधारित प्रिमियम सिरिज "ओएचएच ! सासुजी ...." को छायांकन शुरु भयको छ। ...

आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved