एलन मस्कले गर्दैछन् नयाँ योजना, एक्स चलाउने सबैले शुल्क तिर्नुपर्ने !

  • आश्विन ३, २०८०
  • कालापानी मिडिया
alt

एजेन्सी । अर्बपति एलन मस्कले तत्कालीन ट्वीटर (हालको एक्स) कम्पनी खरिद गरेयता यस प्लाटर्फममा विभिन्न विभिन्न परिवर्तन गरिरहेका छन् ।

सुरुमा मस्कले प्रयोगकर्ताबाट उनीहरुको निस्शुल्क ब्लु टिक खोसिदिए र मासिक शुल्क तिर्नुपर्ने नियम बनाए ।

मस्कको उक्त कदम विवादरहित बन्न सकेन । विभिन्न चर्चित हस्तीहरु, राजनेता तथा सेलिब्रेटीहरुले त्यसको आलोचना समेत गरे र कतिपयले त ट्वीटरको ब्लु टिकका लागि शुल्क नतिर्ने घोषणा नै गरिदिए ।

अहिले ब्लु टिक पाउनका लागि एक्स (ट्वीटर) लाई मासिक रुपमा शुल्क तिरेर सब्सक्रिप्सन लिनुपर्दछ र ब्लु टिक नलिएका आम एक्स प्रयोगकर्ताले भने शुल्क तिर्नुपर्दैन । तर, अब निस्शुल्क रुपमा ट्वीटर चलाउन पाउने दिन पनि धेरै बाँकी नरहेको संकेत देखिंदैछ । किनकि एलन मस्कले सबैखाले प्रयोगकर्तालाई एक्स प्लाटर्फम प्रयोग गर्नका लागि शुल्क तिर्नैपर्ने नियम बनाउन लागेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु सँगको लाइभ स्ट्रम कुराकानीका क्रममा एलन मस्कले यस्तो संकेत गरेका हुन् ।

सबैखाले एक्स प्रयोगकर्तालाई शुल्क लगाउने विषयमा आफ्नो योजनातर्फ संकेत गर्दै मस्कले यो कदमका कारण एक्समा बोट्स अकाउन्टको संख्या उल्लेख्य रुपमा घट्ने बताएका छन् । कुनै वास्तविक प्रयोगकर्ता नरहेका त्यस्ता स्वचालित बोट्स अकाउन्टहरुको संख्या कम गर्नका लागि केही डलर थप भुक्तान गर्नुपर्ने भए पनि आफू पछि नहट्ने मस्कको भनाइ छ ।

योसँगै बोट अकाउन्ट बनाउने प्रयोगकर्ताले धेरै अकाउन्ट खोल्नका लागि धेरै रकम तिर्नुपर्नेछ, जसले अवास्तविक स्वचालित एक्स अकाउन्ट सिर्जना गर्ने कार्यलाई निरुत्साहित गर्नेछ । यद्यपि बोट अकाउन्ट रोक्नका लागि आम एक्स प्रयोगकर्तालाई शुल्क लगाउने एलन मस्कको योजना कहिलेदेखि कार्यान्वयनमा आउने हो भन्ने खुलेको छैन ।

यसैबीच मस्कले एक्स प्रयोगकर्ताका लागि एउटा अर्को नयाँ फिचर ल्याउँदैछन् । यसबाट प्रयोगकर्ताहरुले आफ्नो प्रोफाइलका पोस्टहरुलाई खोज्न तथा छान्न सक्नेछन् र सबैभन्दा धेरै लाइक गरिएका पोस्टलाई कस्टमाइज पनि गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
निर्देशक समिर जोशीको ...

काठमाडौं । सासु बुहारी को कथामा आधारित प्रिमियम सिरिज "ओएचएच ! सासुजी ...." को छायांकन शुरु भयको छ। ...

आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved