कैलालीमा अबैध वन फडानी रोकिएन

  • जेठ २१, २०७७
  • कालापानी मिडिया
alt

कृतबहादुर बिष्ट, कैलाली । नेपालमा सामूदायिक वनलाई सफल तथा प्रभावकारी र सफल कार्यक्रमको रुपमा चित्रण गरिएको पाईन्छ । पर्यावरण संरक्षण तथा बाढी पहिरो भूक्षय रोक्न वन जंगलको महत्वपुर्ण भुमिका पनि रहेको हुन्छ ।  तर पछिल्लो समयमा चाहे बैज्ञानिक वनका नाममा होस्, चाहे बिकास निर्माणका नाममा होस वा अन्यकुनै बाहानामा कैलालीमा दिन प्रतिदिन वन सखाप हुने काम रोकिएको छैन ।

देश यतीखेरमा लकडाउनमा छ, कोरोनाको संन्त्रास छ , मानिसहरु घरवाहिर जानन डराईरहेका छन् । तर वन समहु तथा वनसमितिहरु वनसखाप पार्नमा तल्लीन छन् । कैलालीमामा वन क्षेत्रमा भईरहेको बिनासका बारेमा बिशेष सुचनाका आधारमा हामी कैलाली जिल्लाको सदरमुकाम धनगढीबाट करिब ८० किलोमिटर टाढा रहेको महोन्याल गाउँपालिका वडा नम्बर ३मा रहेको चुरे मालिका सामुदाकि वन उपभोक्ता समुहमा पुगेका छौ ।

यस बनमामा वन पधाधिकारीहरुले काठ ठेकेदारहरुसंगको मिलेमतोमा उपभोक्तहरुलाई थाह नै नदिई बैज्ञानिक वनका नाममा वन फडानी गरेको आरोप स्थानियको रहेको छ ।  स्थानियहरुले वन ऐन निति र नियम बिपरीत काठ कटानी गरी वन फडानी गरेको आरोप लगाएका छन् । प्रकृतिक रुपमा संबेदनशिल रहेको चुरेक्षेत्रमा वन कर्मचारी , ठेकेदार र वन समितिहरुको मिलेमतोमा वन बिनास भईरहेको स्थानिय उपो भोक्ताहरुको आरोप छ ।

नेपाल सरकारले यही जेठ १५ गते मन्त्रिपरिषदको निर्णयले बनमा भईरहेको सम्पुर्ण कटानी र काटिएको भएपनि यथास्थितीमा राख्न सम्पुर्ण कार्य रोक्न निर्णय गरेको भए पनि सो निर्णको चुरे मालिका लगायत सोही क्षेत्रको देउराली सामुदामिक वनमा समेत निर्णयको धज्जी उडाउदै वन फडानी गर्ने कार्य रोकिएको छैन् ।  तर संचारकर्मिको टोली त्यहा पुगेपछि भने उपउपोक्त समुहका पदाधिकारीहरुले विभिन्न बहाना बनाउदै पन्छिन खोजे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved