कोराना संक्रमण बढ्दै गएपछि कोरोना बिमा स्थगित गर्ने तयारी

  • जेठ २२, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । अब थप कोरोना बिमा नहुने सक्ने भएको छ । बिमा कम्पनीले अब थप दायित्व बहन गर्न नसक्ने अवस्था आएको भन्दै नयाँ कोरोना बिमा गर्न सक्ने अवस्थामा नरहेको बताएका छन् ।

विदेशी पुनर्बिमा कम्पनीले पुनर्बिमा गर्ने अथवा सरकारले कोरोना बिमालाई सहयोग गर्ने हो भने थप कोरोना बिमालाई निरन्तरता दिने सकिने अन्यथा अब कोरोना बिमालाई रोक्नुपर्ने बिमा समितिकका अध्यक्ष चिरञ्‍जीवि चापागाईं पनि बताउँछन् ।

“२० वटा निर्जीवन बिमा कम्पनीको पुँजी २० अर्ब र नेपाल पुनर्बीमा कम्पनीको १० अर्ब गरेर ३० अर्ब पुँजी हो,” बाह्रखरीसँग कुरा गर्दै समिति अध्यक्ष चापागाईंले भने, “कोरोना बिमा गर्नेको संख्या ३ लाख नाघिसकेको छ, त्यो भनेको ३० अर्बको दायित्व सिर्जना भइसकेको छ, अब विदेशी पुनर्बिमा कम्पनीले पुनर्बिमा नगर्ने हो भने बिमा कम्पनीले दायित्व बहन गर्न सक्दैनौं भनेर बिमा कम्पनीका साथीहरु डराएको अवस्था छ ।”

सुरुमा पनि संस्थागत रुपमा गर्दा दायित्व बहन गर्न सकिँदैन भनेर ुपुलुमार्फत गर्ने भनेको र अहिले बिमा गर्नेको संख्या दुई महिनामा नै तीन लाख नाघेको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्‍ने चुनौती आएको समिति अध्यक्ष चापागाईंले बताए । उनले भने, “हामीले कार्पोरेट क्षेत्रको बिमा गरीरहेका छौं, त्यति धेरै रिस्क नभए पनि कोरोनाको संक्रमण बढ्दै जाँदा बिमा कम्पनीहरु डराएको अवस्था हो ।”

सरकारले पनि बजेटमार्फत सरकारी कर्मचारीको कोरोना बिमा गर्ने भनेको र ५० प्रतिशत अनुदान दिने भनेको भन्दै अब कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए । “कोरोना बिमाप्रति सर्वसाधारण उत्साहीत भएको र यसलाई राज्यले पहिचान गरेर बजेटमा नै समावेश गरेको छ ।अब यसलाई सरकार र सबै पक्ष मिलेर बचाउनुपर्ने अवस्था आएको छ” उनले भने ।

अब कोरोना बिमाको दायित्व सरकारले नलिने हो भने थप बिमा गर्ने अवस्था नरहेको उनले बताए । उनले भने, “यसलाई हामीले परिक्षणको लागि ल्याएको सुरुमा नै भनेको हो र धान्‍न नसक्ने अवस्था आउँदा बन्द गर्नुपर्छ ।” समिति जसरी हुन्छ कोरोना बिमालाई बचाएर लैजाने गरी छलफलमा जुटेको उनले बताए ।

यद्यपि बच्‍नै नसक्ने अवस्था भयो सरकारबाट पनि सहयोग भएन र विदेशी पुनर्बिमा नपाइने हो भने बन्द गर्नुबाहेक अन्य उपाय नहुने उनले बताए । अहिलेसम्म बिमा भइसकेकाको भने कम्पनीले दायित्व बहन गर्ने उनले स्पष्ट पारे ।

यता, बिमा कम्पनीहरु पनि कोरोरा संकम्रणको बदलिदो परिस्थिति र बाहिरबाट पनि नागरिक ल्याउने तयारी भएको अवस्थामा यसमा कसरी अगाडि बढ्ने भन्ने छलफलमा जुटेका छन् ।

बिमक संघका उपाध्यक्ष तथा लुम्बीनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नुर प्रकाश प्रधान बजेटले समावेश गरेको र राष्ट्रिय पहिचान पनि भएको अवस्थामा सरकारले यसलाई कसरी टेकओभर गर्छ त्यसमा भर पर्ने बताउँछन् । सुरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुरु भएको कोरोना बिमा राम्रै भएर अगाडी बढेको उनको भनाई छ ।

कम्पनीहरुले विदेशी पुनर्बीमासँग छलफल गरीरहेको छर अहीलसम्म कुनै ठोस उपलब्धी भने नआएको उनले बताए । संघका महासचिव एवं सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बिमा कम्पनीमा पनि सर्वसाधारणको नै लगानी रहेकाले दायित्व बहन गर्न नसक्ने अवस्था आएमा के गर्ने भन्ने छलफलमा रहेको बताउँछन् ।

महामारीको पुनर्बिमा नहुने अर्थमन्त्रीले बताईसक्नु भएको छ, यस्तो अवस्थामा कसरी अगाडि बढ्दा उपयुक्त हुन्छ भन्नेमा छलफल गरिरहेको उनले बताए । उनले सरकारले लकडाउन सम्बन्धि कस्तो नीति लिन्छ त्यसअनुसार अगाडि बढ्ने उनले बताए । केही दिन कोरोना बीमा स्थगित गरेर सरकारको नीतिपछि मात्रै अर्को व्यवस्था गर्ने कि भन्नेमा बिमा कम्पनी र समितिबीच छलफल भइरहेको बताइएको छ ।

जेठ १७ गते मे ३० तारीकसम्म कोरोना बिमा गर्नेको संख्या २ लाख ८५ हजार ९४७ पुगेको छ भने १५ करोड ६३ लाख ८५ हजार बिमा प्रिमीयम संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved