सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, जर्जमन्त्रीले बनाए कृतिमानी १२५ रन

  • मंसिर ५, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधि जितेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो।

लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै कुनै विकेट नगुमाई १५८ रन बनाउँदै पूरा गर्‍यो। सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गर्दै अविजित १२५ रन बनाए। उनले मात्र ५४ बलमा ८ चौका र १२ छक्का प्रहार गरे। मुन्सेको स्ट्राइक रेट २३१.४८ रह्यो। अर्का ओपनर विनोद भण्डारीले पनि अविजित ३० रनको योगदान दिए।

उनले २७ बलमा ३ चौका प्रहार गरे। दुवै ओपनरले पहिलो विकेटका लागि अविजित १५८ रनको साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। लुम्बिनीका लागि दिलीप नाथले अविजित ३९ रन बनाए।

कप्तान रोहित पौडेलले ३०, निरोशन डिकवेलाले २८, डी'आर्सी शर्टले २१ र अली शेखले २४ रन जोडे। सुदूरपश्चिमका लागि न्युजिल्यान्डका अलराउन्डर स्कट कुगेलेइनले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए। हेमन्त धामी, थारिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।

१० विकेटको शानदार जितसँगै सुदूरपश्चिम रोयल्सले एनपीएल २०२६ को उपाधि आफ्नो नाममा लेखाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
एनपिएलः रिजन ढकालले ...

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ। ...

पत्रकारितामा एआईको उ ...

ललितपुर । कृत्रिम बौद्धिकता (एआई) को द्रुत विकाससँगै बदलिँदो सञ्चार परिदृश्यमा पत्रकारहरूलाई प्रविधि ...

युवराज पारस लड्केश्व ...

काभ्रे । युवराज पारस शाह आज दिउँसो काभ्रे जिल्लाको पनौतीस्थित प्रसिद्ध श्री लड्केश्वर महादेव मन्दिरम ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved