गाई काटेर मासु बेचेको आरोपमा एकजना पक्राउ

  • जेठ २२, २०७७
  • कालापानी मिडिया
alt

विराटनगर । गाई काटेर मासु बेचेको आरोपमा प्रहरीले विराटनगरबाट १ जनालाई पक्राउ गरेको छ । प्रहरीले विराटनगर–१७ प्रतिक टोलका २८ वर्षीय सोहिल मियाँलाई मासु काटदै गरेको स्थानबाट पक्राउ गरेको हो ।

प्रहरीद्धारा उक्त स्थानबाट झण्डै १० किलो मासु, मासु काटन प्रयोग गरिएको अचानो, दाउ, चुलेसी र बेच्न प्रयोग गरिएको तराजु समेत बरामद गरिएको ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरिक्षक दीपक थापाले बताए। उहाँले बरामद मासु ल्याब परिक्षणका लागि काठमाण्डौ पठाईने जानकारी दिए ।

प्रहरी नियन्त्रणमा रहेका मियाँलाई माथि पशुपन्क्षी कसुर ऐनको आधारमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाईने प्रहरी निरिक्षक थापाको भनाई छ । स्थानीयबासीद्धारा आएको गोप्य सुचनाको आधारमा प्रहरीले मियाँलाई पक्राउ गरेको हो । मासु काटने अन्य व्यक्तिहरु भने फरार रहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

हाम्रोमत

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved