कोरोना भाइरस सङ्क्रमितसंगै बस चढेका भद्रपुरका नगरप्रमुख श्रेष्ठ क्वारेन्टाइनमा

  • जेठ २३, २०७७
  • कालापानी मिडिया
alt

भद्रपुर । झापा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ बिहीबारदेखि क्वारेन्टाइनमा बसेका छन्। नगरप्रमुख श्रेष्ठसंगै उनका चालक र सहयोगी समेत क्वारेन्टाइनमा बसेका हुन्।

भद्रपुरको कलबलडुडी क्वारेन्टाइनमा भएका ९ जनाको रिपोट नेगेटिभ आयो भन्ने सूचना प्राप्त भएपछि उनीहरुलाई घरसम्म पुर्याउन बस लिएर कलबलगुडी पुगेर ती ९ जनालाई बसमा हालेर श्रेष्ठ पनि सोही बसमा चढेका थिए। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठका अनुसार नगरप्रमुख श्रेष्ठ होम क्वारेन्टाइनमा बसेका छन्।

घररघरमा पुर्याउँदै गर्दा ती ९ जनामध्ये तीन जनामा कोरोना भाइरसको संक्रमण छ भन्ने खबर आएको थियो। भद्रपुर नगरपालिकाको लापरवाहीले बिहिबार तीन जना संक्रमित रिपोर्ट आउनु अघि नै घर पुगेर पुनः क्वारेन्टाइनमा फर्किए।

नेगेटिभ रिपोर्ट आएकाहरु घरर घर पुगेका छन्। तर बसमा संगै यात्रा गरेका हुनाले तिनीहरुमा पनि सङ्क्रमण सरेको हुनसक्ने संभावना छ। ती ६ जनामध्ये दुईजनालाई पुनः क्वारेन्टीमा ल्याउन लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठले बताए।
खबर मञ्च

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved